back

दुर्लभ वन्यजन्तुको सङ्ख्या बढ्दै, निकुञ्जका ५० ताल र पोखरीको स्तरोन्नति

वि.सं.२०७६ जेठ ९ बिहीवार

513 

shares

९ जेठ , भरतपुर । वन्यजन्तुलाई खाने, बस्ने र आहाल बस्ने प्रयोजनको लागि चितवन राष्ट्रिय निकुन्जले ५० ताल र पोखरीको स्तरोन्नति गरेको छ । दुर्लभ वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि चितवन राष्ट्रिय निकुञ्जमा तालको सङख्या बढाउने र व्यवस्थापनको काम गरिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जले यस वर्ष ७० पोखरी स्तरोन्नति र व्यवस्थापनमा बजेट विनियोजन गरेको थियो । जसमध्ये ५० ताल र पोखरीमा काम सम्पन्न भइसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए । उनका अनुसार ताल निर्माण र संरक्षणका लागि रु एक करोड ६१ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । बाँकी ताल र पोखरीको काम असारभित्र सम्पन्न गरिसक्ने उहाँले बताउनुभयो । ढकालले प्रत्येक ताल र पोखरीमा रु दुई लाख खर्च गरिएको जानकारी दिए ।

ताल र पोखरीको स्तरोन्नति गर्दा पानीको स्रोत व्यवस्थापन, पुरिएको माटो निकाल्ने, जलकुम्भी झार व्यवस्थापन, चुरेबाट आएको माटोका ढिस्को प्राकृतिक ताल र पोखरीमा छेकबार गर्ने काम गरिएको छ । वन्यजन्तुका लागि नियमितरूपमा आवश्यक पर्ने पानीको अभाव हुने हुँदा स्थायी पानीका स्रोतहरुसँगै अन्य स्थानमा खानेपानीका लागि, वन्यजन्तुलाई आहाल बस्ने प्रयोजनका लागि र वन डढेलो नियन्त्रण समेतको लागि यस कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । जनावरको मुख्य बासस्थानको छेउछाउको स्थान पहिचान गरी पोखरी निर्माण गरिएको हो ।

निकुञ्जमा साना–ठूला २०० बढी ताल र पोखरी छन । पोखरीमा बाघको आहारा प्रजातिले पानी पिउने, बाघले पौडी खेल्ने, गैंँडा र हात्तीले आहाल खेल्ने गर्दछन् । निकुञ्जमा रहेका सबै वन्यजन्तुका लागि पानी आवश्यक पर्दछ । निकुञ्जमा लामीताल, देवीताल, तमोरतालजस्ता ठूला पर्यटकीय महत्व बोकेका तालसमेत छन । चितवन राष्ट्रिय निकुञ्जसँगै यस आसपासका सामुदायिक वनले पनि पानीको स्रोत व्यवस्थापनलाई प्रथामिकतामा राखेर काम गरिरहेको निकुञ्जले जनाएको छ । बाढी र जलवायु परिवर्तनका कारण मुल सुक्नुका साथै ताल र पोखरीको प्राकृतिक संरचना बिग्रिएको भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन ।

वि.सं.२०७६ जेठ ९ बिहीवार १२:२७ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...