back

ओखलढुङ्गामा स्रष्टा पार्क निमार्ण

वि.सं.२०७६ जेठ ९ बिहीवार

540 

shares

९ जेठ, ओखलढुङ्गा । राष्ट्रपति विद्यादेवी भण्डारीले  स्रष्टाका सपनालाई सबै मिलेर साकार पार्नुपर्ने बताएकी छिन । युगकवि सिद्धिचरण श्रेष्ठको १०८ औँ जन्मजयन्तीका अवसरमा सिद्धिचरण नगरपालिका –१२ मा स्थापित उनको पूर्णकदको शालिक अनावरण तथा स्रष्टा उद्यानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले  स्रष्टाको सिर्जनाले दशकौंँअघि देखाएका सपना साकार बनाउने दायित्व हामीमा रहेको बताइन् । राष्ट्रपति भण्डारीले भनिन् , “युगकवि सिद्धिचरणसहितका सर्जकको योगदानले नेपालको दिगो विकास र ठूलाठूला परिवर्तनमा भूमिका खेलेको छ । त्यो योगदानको हामीले सम्मान गर्नुपर्छ ।” राष्ट्रपति भण्डारीले कला, साहित्य र खेलकुदको विकासका लागि सरकारले नीतिगत पहल गर्नुपर्नेमा जोड दिइन् । उनले  समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा पुग्न सरकारले सबै क्षेत्र र वर्गलाई समेट्न सक्नुपर्ने पनि बताइन् ।

राष्ट्रपतिले जलस्रोतको सदुपयोग, पर्यटन प्रवद्र्धन र  रैथाने कृषि प्रणालीलाई आधुनिकीकरण गरेर समृद्धिको अभियानमा जुट्नुपर्ने धारणाराखिन्  । रुम्जाटार विमानस्थललाई पुनःसञ्चालन गराउन र निर्माणाधीन दोभास विमानस्थललाई वैकल्पिक मार्गका रुपमा विकास गर्न ध्यानाकर्षण गराउँदै विसं २०७४ वैशाख १ गते आफूले उद्घाटन गरेको थोलेदेम्बा महोत्सवको निरन्तरता र त्यस क्षेत्रमा भएको विकासले आफू सन्तुष्ट रहेको बताइन् ।राष्ट्रपति भण्डारीले स्थानीय समुदायलाई रोजगारी उपलब्ध गराउन उद्योगग्रामको अवधारणा ल्याउन तथा स्वच्छ नागरिक र अब्बल खेलाडी उत्पादन गर्न विद्यालय तहदेखि नै खेलकुदका कार्यक्रम गर्न सुझाव दिइन्   ।  तीनै तहका सरकारको प्राथमिकतामा परे पर्यटन क्षेत्रको विकासले नेपाललाई समृद्ध बनाउने राष्ट्रपति भण्डारीको भनाइ थियो ।

सिद्धिचरण नगरपालिका र सिद्धिचरण स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले युगकविका सपना पूरा गर्नका लागि  एकताबद्ध भएर विकासको अभियानमा जुट्नुपर्ने बताइन्  ।  उनले भनिन्,  “विकासका मुद्दा साझा बन्नुपर्दछ । स्रष्टाका सपना साकार हुनुपर्दछ । तब मात्रै युगकविको सम्मान गरेको मानिनेछ ।” आफ्नो पनि जन्मभूमि भएकाले ओखलढुङ्गाको विकासका लागि आफूले सक्दो पहल गर्ने आश्वासन  पनि उनले दिइन्    ।

मुख्यमन्त्री शेरधन राईले भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण गर्न प्रदेश सरकारले नीतगत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै युगको माग र आवाज बोल्न सक्ने युगकविको योगदानलाई कदर गर्दै ओखलढुङ्गालाई साहित्यिक भूमिका रुपमा विकास गरिने बताइन्  । प्रतिनिधिसभाका सदस्य यज्ञराज सुनुवारले थोलेदेम्बा महोत्सवपछि पर्यटकीय क्षेत्रका रुपमा विकासका काम अघि बढेको बताइन्।  पूर्वसांसद रामहरि खतिवडाले पूर्वको कर्णालीका रुपमा हेरिएको ओखलढुङ्गालाई विकासको नमूना जिल्ला बनाउन आग्रह गरिन् । सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले नगरपालिकालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तथा स्वच्छ र समृद्ध नगर बनाइने प्रतिबद्धता व्यक्त गरिन् ।

वि.सं.२०७६ जेठ ९ बिहीवार १६:५१ मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...