
९ जेठ काठमाडौं । सेयर कारोबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनमा ओरालो लागेको छ । कारोबार सुरु हुँदा समग्रमा १३२१.६९ बिन्दुमा रहेको सूचक कारोबार बन्द हुँदा १३१४.५५ बिन्दुमा झरेको हो । यो अघिल्लो दिनको तुलनामा ५.०८ ले काम हो । सुचिकृत उपसुचक समुहमध्ये अधिकांसको मुल्यमा गिरावट आएको छ । त्यस मध्ये सबैभन्दा धेरै जलद्यिुत तर्फ ६४.७८ र जीवन विमाकम्पनीको सूचकमा ४४.५३ अंकले ह्रास आएको छ ।
अघिल्लो दिनको तुलनामा होटल समुहको ३५.८३ अंकले सुधार हुँदा बैंकिङ, ट्रेडिङ, बिकास बैंक, फाईनान्स कम्पनी, उत्पादन मुलक समूह तर्फ क्रमशः ०.९५, ०.०८, ९.२, ७.०५, ०.७ अंकले ह्रास आएको छ । त्यस्तै निर्जीवन वीमा कम्पनीको ३.७१, अन्य समुहको ०.९२, लघुबित्तको १.७ तथा म्युचुअल फण्डको ०.०२ अंकले सुधार देखिएकोछ ।
कुल सेयर २९ लाख ४३ हजार ३ सय ४ को किनबेचबाट ९३ करोड २६ लाख ४४ हजार ८ सय ८७ रकम बराबरको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएकोछ ।
वि.सं.२०७६ जेठ ९ बिहीवार १६:४० मा प्रकाशित




























