back

बेतखेतीबाट वर्षेनी ५० लाख आम्दानी गर्दै

वि.सं.२०७६ जेठ ९ बिहीवार

525 

shares

९ जेठ, लम्की । कैलालीको सत्ती कर्णाली सामुदायिक वनले बेतखेतीबाट वर्षेनी रु ५० लाख आम्दानी गर्दै आएको छ । टीकापुर नगरपालिका–७ स्थित उक्त सामुदायिक वनले १४८ हेक्टर जमीनमा बेतखेती गरेको र यसबाट वर्षेनी रु ५० लाखभन्दा बढी आम्दानी गर्दै आएको हो । सामुदायिक वनले चारवटा प्लट बनाएको र चार वर्षमा एक पटक तयार हुने बेत वर्षेनी एक–एक प्लटको बेच्ने गर्दछ ।वर्षेनी एक हजार क्विन्टलदेखि एक हजार ५०० क्विन्टलसम्म उत्पादन हुने बेत उपभोक्तालाई प्रतिकिलो रु ४५ मा बिक्री गर्ने गरिएकोे सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले बताइन् । “अन्य व्यापारीलाई प्रतिकिलो रु ६५ मा बिक्री गर्ने गरेका छौँ । बेतकै आम्दानीले सामुदायिक वन चलेको छ ।” उनले  भने , “बेतकै आम्दानीले सात वन हेरालु, दुई कार्यालय सहयोगी पाल्नाका साथै सामुदायिक वनले उपभोक्तालाई आयआर्जनका क्षेत्रमा सघाएको छ ।”

बेत उत्पादन हजारौँ क्विन्टल भए पनि नेपालमा ३०० क्विन्टलसम्म खपत हुन्छ, बाँकी सबै भारतलगायत अन्य मुलुकतिर जान्छ ।सामुदायिक वनका कोषाध्यक्ष मनिराम ढुङ्गानाले नेपाली बजारमा बेतका फर्निचरको खपत बढिरहेको बताए । “बेत फर्निचर उद्योगहरूले माग पूरा गर्न भने सकेका छैनन । त्यसैले सामुदायिक वनले बेत–बाँस तालीम लिनेलाई निःशुल्क तालीम दिनका लागि सूचना आह्वान गरेको छ । वनले तालीम लिएकालाई व्यवसायका लागि पनि सघाउँछ ,” उनले भने । बेत काट्दा सामुदायिक वनले उपभोक्तालाई ज्यालादारीमा काममा लगाउने गरेको छ । काटिएको बेत सुकाएर ठेक्कामा बिक्री गर्ने गरिएको छ । उपभोक्ता र स्थानीय व्यवसायीलाई भने वर्षभरि नै उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

“सामुदायिक वनले फागुनदेखि चैत महीनाभित्र बेत कटान गर्छ । त्यो समयमा बेत सुकाउन सजिलो हुन्छ”, अध्यक्ष साउदले भने, “यहाँ उत्पादन भएको बेत नेपाली ठेकेदारले किने पनि भारत, मलेशिया, दुबईलगायत देशमा जाने गरेको छ ।”सामुदायिक वनको सहयोगमा दुई वर्षअघि बेतबासका फर्निचर निर्माणसम्बन्धी तालीम पाउनुभएकी टीकापुरकी सीता चौधरीले टीकापुरमै बेत फर्निचर स्थापना गर्नुभएको छ । उनले भनिन् , “तालीम पाएपछि मेरा त दिन फेरिए । हाल दैनिक दुई हजारसम्म कमाइ हुने गरेको छ । म बेतका कुर्सी, टेबुल, सोफा, मुडा, पलङ सबै बनाउँछु ।”

सामुदायिक वनले उपभोक्तालाई आयआर्जनका कार्यमा लगाउने उद्देश्यले गतवर्ष सामुदायिक वनका ५० उपभोक्तालाई रु पाँच लाखको लागतमा बाख्रा पैँचो कार्यक्रम शुरु गरेको छ । सामुदायिक वनले यहाँ बालबालिकाको छात्रवृत्ति, शैक्षिक सहयोग, कम्प्युटर शिक्षाजस्ता कार्यमा सहयोगसमेत गरिरहेको स्थानीयवासी शारदा तिमिल्सिनाले बताए । विसं २०४८ मा स्थानीयवासीले संरक्षण शुरु गरेपछि सामुदायिक वन सत्ती कर्णाली २०५१ मा दर्ता भएको हो । सत्ती वन ३०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । हाल उक्त वनसँग जोडिएका अन्य तीन प्रस्तावित वन पनि संरक्षण गर्न नसकेर समायोजन भएका छन । सामुदायिक वनमा एक हजार १०० उपभोक्ता छन ।

वि.सं.२०७६ जेठ ९ बिहीवार १७:३७ मा प्रकाशित

Himalayan Life AD
एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी...

नेप्से परोसूचक २६ अङ्कले घट्यो

नेप्से परोसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक २६ दशमलव ०५...

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ...

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्...

स्कटल्यान्डले इटालीलाई दियो २०८ रनको चुनौती

स्कटल्यान्डले इटालीलाई दियो २०८ रनको चुनौती

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटालीलाई जितका...

म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

म्याग्दी । यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख...