back
CTIZAN AD

प्रदेश १ ले ४५ अर्बको बजेट ल्याउने

वि.सं.२०७६ जेठ ९ बिहीवार

588 

shares

९ जेठ । प्रदेश नं १ ले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ४५ अर्बभन्दा बढीको बजेट ल्याउने भएको छ । उक्त बजेटमा भौतिक पूर्वाधार र सामाजिक क्षेत्र विकासलाई बढी महत्व दिइने भएको छ ।

प्रदेश सरकारले आगामी आवका लागि तयारी गरिरहेको छ भने सङ्घीय सरकारबाट सशर्त आउने अनुदानको टुङ्गो नलागेकाले सो रकम नगाभिएको जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव जीवन सिटौलाका अनुसार प्रदेश सरकारले भौतिक पूर्वाधार र सामाजिक क्षेत्र विकासअन्तर्गत शिक्षा, स्वास्थ्यजस्ता विषयलाई प्राथमिकतामा राखेको छ । चालू आवका लागि सरकारले कूल रु ३५ अर्बको बजेट ल्याएको थियो ।

प्रदेश योजना आयोगले प्रदेशको विकासका लागि आगामी बजेटमा प्रदेश सरकारलाई कूल रु ५५ अर्बको बजेट ल्याउन सिफारिस गरेको छ । आगामी आवका लागि प्रदेश योजना आयोगले आवधिक योजना दिशानिर्देशमा महत्वपूर्ण विषयलाई समेटेर तयार पारेको खाकाअनुसार सो बजेटको सिफारिस गरिएको आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले जानकारी दिए । उनले आयोगले मूलभूत रुपमा कृषि, पर्यटन र उद्योग क्षेत्रको विकास गर्न सकेमा प्रदेशमा समृद्धि आउने, उत्पादन बढ्ने, प्रशस्त रोजगारका अवसर सिर्जना हुने र आन्तरिक तथा बाह्य पर्यटकलाई प्रदेशमा भित्र्याउन सकिने कुरामा जोड दिए । प्रदेश १ मा चौथो अधिवेशन अर्थात् बजेट अधिवेशन यही जेठ १३ गतेदेखि शुरु हुँदैछ ।

वि.सं.२०७६ जेठ ९ बिहीवार २०:०५ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...