
९ जेठ, काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले खुलाएको हकप्रद शेयरका लागि आवेदन दिने म्याद जेठ ३० गते सकिने जानकारी दिइएको छ ।
२०७५ /१२/२८ गते सम्म कायम भएका शेयरधनीहरुले १ कित्ता शेयर बराबर ०.५ अर्थात् १ः ०५ को अनुपातमा शेयर दर्खास्त दिन सक्नेछन् ।
हकप्रद निष्काशन गर्न कम्पनीले एनआईबिएल एस क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।
यसअघिको समाचार सच्याइएको छ । –सं
वि.सं.२०७६ जेठ ९ बिहीवार २२:०३ मा प्रकाशित




























