१० जेठ, काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको ठेक्का लगाउने निर्णय गरेको छ । राज्यलाई थप दुई अर्व ५२ करोड रुपैयाँ भार पर्ने गरी ठेक्का लगाउन लागिएको हो ।अघिल्लो ठेकेदारलाई ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएको सरकारले बाँकी तनि प्रतिशत कामका लागि यति धेरै रकम खर्चन लागेको हो ।
मन्त्रिपरिषद्ले निर्णय गरेको तीन दिन पछि बिहीबार सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मेलम्चीमा नयाँ ठेकेदार सम्बन्धी प्रस्ताव पारित भएको जानकारी दिए । उनले मेलम्ची प्रकरणमा सरकारमाथी प्रश्न उठिरहेको र सरकार पनि चिन्तित रहेको अवस्थामा पुरानो ठेकेदार सीएमसीले काम छाडेर गएकाले नयाँ ठेक्का गर्नुपरेको बताए ।
मेलम्ची खानेपानी विकास समिति (बोर्ड) आफैँले गर्न सक्ने ठेक्का मन्त्रिपरिषद्बाट निणर्य गरिएको छ । संकटकाल वा विशेष परिस्थितिमा मात्र सानातिना ठेक्कापट्टा मन्त्रिपरिषद्बाट निर्णय हुने पूर्वसचिव हरिराम कोइरालाले बताए । आयोजनाका पूर्वकार्यकारी निर्देशक कोइरालाले मन्त्रिपरिषद्बबट ठेक्कापट्टाको सैद्घान्तिक निणर्य गराउनु गैरजिम्मेवार रहेको टिप्पणी गरे । उनले जिम्मेवार व्यक्ति आफ्नो कर्तव्यवाट पन्छिन मन्त्रिपरिषद्मा लगेर निर्णय गराइएको बताए । ‘मेलम्ची बोर्ड आफैंमा स्वायत्त र अधिकार प्राप्त निकाय हो,’ उनले भने ‘ भोलि केही पर्र्या भने आफूभन्दा माथिको निकाय देखाएर उम्कने दाउ यो हो ।’ गत मंसिर पहिलो साता साविकको इटालियन ठेकेदार सीएमसीले ३६ करोड रुपैयाँ भुक्तानी नपाइका कारण एकतर्फी ठेक्का रद्द गरेको थियो ।
वि.सं.२०७६ जेठ १० शुक्रवार ०७:४४ मा प्रकाशित




























