back

विहिबारको असिना र पानीले पर्वतका १० हजार किसानको बाली सखाप

वि.सं.२०७६ जेठ १० शुक्रवार

696 

shares

१० जेठ, काठमाण्डौं । पर्वतमा विहिबार आएको असिना र पानीले पर्वतका झण्डै १० हजार किसानका उत्पादनमा क्षति पुगेको छ ।

विहिबार दिउँसो झण्डै २ घण्टा आएको भिषण असिना र पानीले मोदी गाउँपालिकाका बाजुङ, राम्जा, चित्रे, तिलाहार, आर्थर पकुवा लगायतका गाउँमा किसानले उत्पादन गरेको मकै फलफूल तरकारी लगायतका बालीमा क्षति पुगेको हो ।

‘मकै भर्खर पसाउने बेला भएको थियो, सबै सखाप भयो,’ नेकपाका केन्द्रीय सदस्य पर्वतका गुप्त बहादुर हमालले संसारन्युसँग भने, ‘यो वर्ष यहाँका किसानले मकै खान नपाउने भए ।’
हमालका अनुसार मकै र तरकारी मात्र नभएर धानको बिउँ पनि सबै सखाप पारेको छ । ‘लेकतिर धान छिटो रोप्छन्, धानको बिउँ पनि सबै सखाप बनायो ।’ हमालले भने ।
त्यसैगरी पर्वतका सांसद पदम गिरीले किसानका राहतका लागि आफूले सम्बन्धीत निकायमा पहल गरिरहेको जानकारी दिएका छन् ।

उनले मोदी गाउँपालिकाका अध्यक्षलाई पीडित किसानको लागत संकलन गर्नका लागि आग्रह गरिसकेको र जिल्ला कृषि कार्यालय, प्रदेश कृषि मन्त्रालयमा किसानका समस्या राखिसकेको र क्षतिपूर्तिको लागि पनि पहल गरिसकेको संसारन्युजलाई बताए । ‘इतिहासमै पहिलोपटक भिषण असिना पानीले यसरी बितण्डा मच्याएको हो,’ सांसद गिरीले भने, ‘ सबै किसानका के कति क्षति भयो सबै लागत आएपछि क्षतिपूर्तिको पहल गर्छौ ।’ गिरीका अनुसार केन्द्र सरकारसँग पनि क्षतिपूर्तिका लागि पहल गरिने छ ।

वि.सं.२०७६ जेठ १० शुक्रवार ०८:११ मा प्रकाशित

Himalayan Life AD
सन्तोष परियारले छाडे रास्वपा

सन्तोष परियारले छाडे रास्वपा

काठमाडौं । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका छन्...

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका...

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार (सुर्खेत)। दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु...

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको...

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा...