
१० जेठ, काठमाण्डौं । भारतीय लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृतव्को भाजपा प्रभावशाली सुधारसहित पुन: विजयी भएको छ ।
सरकार बनाउन दुई सय ७२ सिट आवस्यक भएपनि भाजपा एक्लैले तीन सय सिट प्राप्त गरेको छ । त्यस्तै भाजपाको गठबन्धन नेसनल डेमोक्र्याटिक अलाइन्स (एनडिए) ले तीन सय ४९ सिट पु¥याएको छ । प्रतिपक्षी दल कंग्रेसले भने यो निर्वाचनमा लज्जास्पद हार व्योहोर्नु परेको छ ।
कंग्रेसका अध्यक्ष राहुल गान्धीले यो निर्वाचनमा आफ्नै पारिवारीक सिट अमेठीबाट हार व्योहोर्नु परेको छ । उनलाई ५४ हजार सात सय ६७ मतको अन्तरले केन्द्रीय मन्त्री स्मृति इरानीले हराएकी छन् ।
२००९ र २०१४ मा पनि स्मृतिले राहुललाई चुनौती दिएकी थिइन् । तर उनको यो पटकको तेस्रो प्रयास सफल भएको छ । यसपाली राहुलले चार लाख १२ हजार र स्मृतिले ४ लाख ६७ हजार मत पाएकी छन् । तर, निर्वाचन अघि हारको अनुमान गरिसकेका राहुलले केरालको वायनाडबाट भने ठूलो मतान्तरले जितेका छन् ।
वायनाडमा राहुलले सात लाख पाँच हजार मत प्राप्त गर्दा माकपाका पिपी सुनीरले दुई लाख ७३ हजा र मत प्राप्त गरे । यसरी केरलामा चार लाख ३२ हजार मतान्तरले राहुलले जित हात पारेका छन् । शुक्रबारको नयाापत्रिका दैनिकबाट
वि.सं.२०७६ जेठ १० शुक्रवार ०८:२४ मा प्रकाशित




























