back

कार्यकर्ताको जोड संगठनमा, नेताको ध्यान महाधिवेशनमा

वि.सं.२०७६ जेठ १० शुक्रवार

486 

shares

१० जेठ, काठमाडौँ । नेपाली काङ्ग्रेसका नेताहरू पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानलाई १४ औंमहाधिवेशन पूर्व तयारीका रूपमा उपयोग गर्न सक्रिय भएका छन् । तल्लो तहका नेता तथा कार्यकर्ता अभियान संगठन सुदृढीकरणमा प्रयोग गर्नुपर्ने पक्षमा देखिए पनि नेताहरुको ध्यान भने महाधिवेशन केन्द्रित बन्न पुगेको छ ।
विधानको व्यवस्थाअनुसार महाधिवेशन आउन अझै एक वर्ष बाँकी रहे पनि पनि शीर्ष नेताहरु एकअर्कालाई कमजोर देखाएर नेतृत्व्मा पुग्ने र टिक्ने दाउमा सक्रिय रहँदा जागरण अभियान संगठन सुधारमा भन्दा गुटगत स्वार्थमा केन्द्रित देखिएको छ । पहिलो पटक केन्द्रदेखि वडातहसम्मका संगठन एकैसाथ परिचालन गर्नेगरी तीन चरणको अभियान सुरु गरे पनि नेताहरुको ध्यान महाधिवेशन केन्द्रित बन्न पुगेको हो ।
वैशाख २५ गते सुरु जागरण अभियानकै व्यानरमा नेताहरुले भेटघाट र कार्यक्रमलाई तीब्र बनाएर पनि गुटगत स्वार्थलाई केन्द्रमा राखेका छन् । पार्टीका शीर्ष नेता मात्र हेइनन्, केन्द्रीय सदस्य समेत आगामी महाधिवेशनमा आफ्नो पक्षमा वातावरण बनाउन जागरण अभियानलाई उपयोग गर्न लागि परेका छन् ।

आजको पत्रिका नागरिक दैनिकबाट

वि.सं.२०७६ जेठ १० शुक्रवार ०८:२७ मा प्रकाशित

Himalayan Life AD
प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका...

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार (सुर्खेत)। दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु...

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको...

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा...

संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

काठमाडौँ ।   गत भदौ २३ र २४ को जेनजी आन्दोलन...