
१० जेठ, काठमाण्डौं । जेएनयू विद्यार्थी युनियनका पूर्वसभापति कन्हैया कुमार यो पटकको भातरीय चुनावमा सबैभन्दा चर्चित उम्मेदवार थिए ।
जेएनयूका प्रोफेसरदेखि विद्यार्थी नेता, स्वारा भास्करजस्ता कलाकारदेखि जावेद अख्तर सम्मका साहित्यकार उनको चुनावी प्रचारमा अघि सरेका थिए ।
यो क्षेत्रमा कन्हैयाको दल सिपीआईले एक लाख ९२ हजार मत प्राप्त गरेको थियो । यसपाली कन्हैयाले एक लाख मत बढाए । तर, मेदीको आँधीका अगाडि उनको जोर चलेन ।
उनले दुई लाख ६७ हजार मात्र मत प्राप्त गरे । केन्द्रीय मन्त्री तथा भाजपा उम्मेदवार गिरीराज सिंहले ६ लाख ८७ हजार मत प्राप्त गरेका थिए ।
यसरी चार लाख २० हजारको मतान्तरले कन्हैया पछाडि परे । तर, भाजपाको प्रतिनिधित्व गरेका धेरैजसो सेलिब्रेटीले चुनाव जितेका छन् । मथुराबाट हेमा मालिनीले जित दोहोर्याएकी छन् भने उनका छोरा सन्न्ी देवलले पञ्जाबको गुरादासपुरबाट पहिलोपटक चुनाव जितेका छन् । शुक्रबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७६ जेठ १० शुक्रवार ०८:४१ मा प्रकाशित