१० जेठ, काठमाडौँ । मलेसिया जाने श्रमीकको स्वास्थ्य परीक्षण गर्ने संस्थाको एकाधिकार तोड्ने सम्बन्धमा मलेसिया सरकार रमेत सकारात्मक देखिएको छ । मलेसियाका लागि नेपालीि राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधनमन्त्री एम.कुलासेगरनबीच बिहिबार भएको छलफलमा मलेसिया सरकार नयाँ स्वास्थ्य संस्था छनोट गरी सिन्डीकेट हटाउने सम्बन्धमा सकारात्मक देखिएको छ ।
नेपालमा मलेसियाको स्वास्थ्य परीक्षण गर्ने संस्थाको सूचीकरण र छनोट प्रक्रिया भइरहेका बेला मलेसिया सरकारले समेत नेपाल सरकारले गरिरहेको नयाँ संस्था छनोट प्रक्रियालाई सकारात्मक रुपमा लिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको स्वास्थ्य परीक्षण गर्ने संस्थाको छनोट प्रक्रियामा विगतमा देखिएको सिन्डिकेट हटाउने सम्बन्धमा काम गरिरहेका बेला मलेसियाले थप छलफल गरी निणर्य दिन बुधबारसममको समय मागेको छ ।
बिहीबार राजदुत पाण्डे र मन्त्री कुलसेघरनबीच मलेसिया जाने नेपाली श्रमीकको मेडिकल गर्ने स्वास्थ्य संस्थाको छनोट र प्रणलीका विषयमा छलफल भएपछि मलेसियाले बुधबार अन्तिम निर्ण दिने भएको हो । छलफल मुख्य रुपमा नेपालमा आबद्घ हुन लागेका नयाँ स्वास्थ्य संस्थाको छनोटका विषयमा केन्द्रित रहेको नेपाली दुतावास मलेसियाले जनाएको छ ।
आजको कारोबार दैनिक प्रत्रिकाबाट
वि.सं.२०७६ जेठ १० शुक्रवार ०८:४८ मा प्रकाशित




























