
१० जेठ, काठमाण्डौं । देवरको कुटाइबाट एक महिलाको आठ महिनाको गर्भ खेर गएको छ । ललितपुर लप्सीगौराका सन्तोष थापा मगरको कुटपिटबाट भाउजु पवित्रा थापा मगरको गर्भ खेर गएको हो ।
प्रहरीले भाउजूमाथि कुटपिट गर्ने थापा मगरलाई विहिबार पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त ललितपुरका प्रमुख गौतम केसीले देवरको कुटाइबाट भाउजु पवित्राको गर्भ खेर गएको जानकारी दिएका छन् ।
कुटपिटका कारण आठमहिनाको गर्भ खेर गएको उजुरी परेपछि उनलाई पक्राउ गरिएको केसीले बताए । प्रहरीका अनुसार सन्तोषले आठ महिनाको गर्भवती भाउजु पवित्रामाथि हातपात गरेका थिए ।
टाउको र पेटमा चोट लागेका कारण पवित्राको गर्भमै शिशुको मृृत्यु भएको प्रहरीको भनाई छ । शुक्रबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७६ जेठ १० शुक्रवार ०८:५१ मा प्रकाशित




























