
१० जेठ, काठमाण्डौ । आज (शुक्रबार) देशका मध्य तथा पूर्वी भू–भाग र पश्चिमी पहाडी भेगमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार पश्चिमी तथा पहाडि भू-भागमा सामान्य बदली रही देशका पूर्वी तथा मध्य भू-भागका केही स्थानमा र पश्चिमी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि देशका मध्ये तथा पूर्वी भू–भागमा र पश्चिमी पहाडी भू–भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै विहिबार परेको असिना पानीले पर्वत लगायतका धेरै जिल्लामा क्षति पुर्याएको छ ।
वि.सं.२०७६ जेठ १० शुक्रवार ०९:३० मा प्रकाशित




























