back

लुटेरा पक्राउ

वि.सं.२०७६ जेठ १० शुक्रवार

495 

shares

१० जेठ, बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ नमोबुद्धस्थित जङ्गलछेउमा दाप्चाबाट सामग्री बेचेर फर्किएको बा३ख ७३६४ नंको गाडीमा हतियार देखाई लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पक्राउ पर्नेमा खोटाङ जिल्ला ऐँसेलुखर्क निवासी किशोर राई र गाडी चालक काभ्रेपलाञ्चोक जिल्ला मण्डन देउपुर नगरपालिका–१ निवासी धर्मराज घोरसाइने रहेका छन् । पक्राउमध्ये राई पैसा लुटेर फरार भएको र चालक घोरसाइनेको मिलेमतो रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । दुवैलाई डाँका मुद्दामा कारवाहीका लागि प्रक्रिया अगाडि बढिसकेको जनाइएको छ ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार दुई मोटरसाइकलमा आएका पाँच जनाको समूहले गत शुक्रबार धारिलो हतियार देखाई गाडी रोकी लुटपाट गरेका थिए । सो क्रममा करीब रु दुई लाख नगद, मोटरसाइकलको बिलबुक, नागरिकता र अन्य महत्वपूर्ण कागजातसमेत लुटेर लगेको पीडित व्यापारी चन्द्रकुमार श्रेष्ठले बताए । सो क्रममा गाडीका सहचालक रेशम दर्लामी मगरको एक थान मोबाइलसमेत लुटेर लगेको जनाइएको छ ।

वि.सं.२०७६ जेठ १० शुक्रवार ०९:४६ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...