back

राष्ट्रियता, जनतन्त्र, जनजीविकाका समस्या र समाधानबारे सही दृष्टिकोण

वि.सं.२०७६ जेठ १० शुक्रवार

729 

shares

आजको साम्राज्यवादी युगमा कुनै देशका सर्वाधिक ठूला, महत्वका, गम्भीर, संवेदनशील र ज्वलन्त समस्या हुन्, राष्ट्रियता, जनतन्त्र Democracy र जनजीविका र जनविकाससँग सम्बन्धित समस्याहरु ।

राष्ट्रियताको समस्या देश्को स्वत्व–अस्तित्व अनि देश र जनताको स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता, पहिचान र अस्मितासँग जोडिएको हुन्छ भने जनतन्त्रको समस्या जनताका विभिन्न हकहितका विषयहरुसित सम्बन्धित हुन्छन् । यसैगरी जनजीविका र जनविकासका समस्याहरु जनताका दैनन्दिन जीविका र प्रगती-समृद्धीका आवश्यकता परिपूर्ती र सुख, शान्ति अनि समृद्धिको प्राप्तिसँग गाँसिएका हुन्छन् । यसरी के देखिन्छ भने राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु कुनै देश र त्यहाँका नागरिक–वासिन्दाका लागि आधारभूत समस्या हुन् अर्थात् बाँच्नको लागि अत्यावश्यक, अनिवार्य र अपरिहार्य कुराहरुसँग जोडिएका समस्या हुन् । यी समस्याहरुको समाधान भएन भने देश र जनता रहन वा बाँच्न सक्तैनन् वा रहिहाले वा बाँचिहाले पनि त्यस्तो रहनु वा बाँच्नुको कुनै अर्थ हुदैन ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्नहरु रुपमा हेर्दा अलग–अलग देखिएपनि सारमा र समग्रमा हेर्दा यी आपसमा अविभाज्य, अन्योन्याशृत र परिपूरक हुन्छन् । कुनै एकको अस्तित्व र विकास कुनै अर्कोको अस्तित्व र विकाससँग अविच्छेद्य र अविच्छिन्न रुपमा गाँसिएका हुन्छन् । त्यसैले कुनै देशको कुनै सचेत नागरिक वा नागरिकको समूह अथवा राजनीतिक पार्टीले यी तीनवटै विषय र यीसँग सम्बन्धित मुद्दाहरुलाई आफ्ना घोषणापत्र वा प्रतिबद्धतापत्र हुँदै विभिन्न कार्यक्रमहरुमा सुरुदेखिनै विशेष जोड र महत्वका साथ उल्लेख र उठान गरेका हुन्छन् । यो कुरा अलग हो कि, कुनै ठोस स्थिती र सन्दर्भमा कुनै एक वा अर्को विषय प्रधान बन्न सक्छ र त्यसलाई मुख्यरुपमा उठाउनुपर्छ र उठाउने गरिन्छ । तर, त्यही विषयलाई निरपेक्ष रुपमा प्रधान बनाएर उठाउने तर अन्य विषयलाई सापेक्षित रुपमा पनि महत्व नदिने र नउठाउने चिन्तन–प्रवृत्तिले पूर्ण, समग्र र दीगो सफलतामा पुराउँदैन । अथवा यसो भनौ,ं यसप्रकारले कुनै एक विषयमा प्राप्त सफलता र विजयले कुनै अर्को विषयमा समस्या थपिने हुन जान्छ । त्यसैले यी तीनवटै विषय वा यीसँग सम्बन्धित मुख्य–मुख्य मुद्दाहरुलाई सँगसङ्गै, सन्तुलित, संयोजित र समग्रतामा उठाउने र बैठाउने गर्नु जरुरी हुन्छ ।
अब यी तीनवटा विषय र यीसङ्ग सम्बन्धित मुद्दाहरु कसरी आपसमा अन्तर्सम्बन्धित छन् भन्ने कुरा नेपालमा हाल उठिरहेका कुराहरुलाई लिएर हेरौं ।

 

यस प्रकारको जिन्दगी जिउनुको पनि खासै केही अर्थ र महत्व हुदैन । त्यस्तै, जनताको बाँच्ने आधारको ग्यारेण्टी भएन र गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता आधारभूत अधिकार प्राप्त भएन भने बाँच्नै सकिँदैन । बाँच्नै नपाएपछी जतिसुकै लोकतन्त्र भएपनि वा देश जतिसुकै ठूलो, स्वाभिमानी, स्वाधीन र शक्तिशाली भएपनी त्यो लोकतन्त्र वाहियात हुन्छ भने त्यस्तो देश निर्जन हुन्छ ।

नेपालमा अहिले राष्ट्रियतासँग सम्बन्धित मुख्य समस्याको रुपमा विदेशीहरुलाई नागरिकता प्रदान–वितरण गर्ने कुरा अघि आएको छ भने जनतन्त्रसँग सम्बन्धित विषयमा मुख्य समस्याको रुपमा जनअधिकारको अपहरण गर्ने कुरा सर्वाधिक अघि छ । यसैगरी जनजीविकासँग सम्बन्धित विषयमा मुख्य समस्याको रुपमा भ्रष्टाचारको सर्वब्यापीकरण हुन आएको छ ।  संक्षेपमा र ठोस रुपमा भन्नुपर्दा नागरिकता विधेयक, मिडिया काउन्सिल विधेयक र नेकपाद्वारा नेकपामाथी नै प्रतिबन्ध एवं अनियन्त्रित भ्रष्टाचार अहिलेका हाम्रा मुख्य समस्याहरु हुन् । नागरिकता विधेयक देशको अस्तित्व नै समाप्त गर्ने सुनियोजित दीर्घकालीन वैदेशिक षड्यन्त्रमा आधारित छ । देशै रहेन भने यहाँ हाम्रा लोकतान्त्रिक हकअधिकार हुनुको के अर्थ ? जबकी नेपालीलाई नेपाली नागरिकताको अधिकार नै गुम्ने भएपछी हाम्रा अन्य हकहितका कुराको के कुनै औचित्य र महत्व होला र ? कुनै देशमा कुनै व्यक्तिले सर्वप्रथम नागरिक हुने अधिकार राख्दछ भने मात्र अन्य सबैप्रकारका सुखसुबिधा लिने अधिकार पाउँछ । त्यसैगरी देशमा जनवाद र लोकतन्त्र भएमा मान्छेलाई बोल्ने, लेख्ने, छाप्ने, भेला हुने, आलोचना–विरोध गर्ने, सभा–संगठन गर्ने जस्ता मौलिक हक प्राप्त हुन्छ । अन्यथा अन्याय, अत्याचार, शोषण, दमन, हत्याहिंसा जस्ता घोर अमानवीय व्यवहारको सिकार हुनुपर्ने हुन्छ ।  यस प्रकारको जिन्दगी जिउनुको पनि खासै केही अर्थ र महत्व हुदैन । त्यस्तै, जनताको बाँच्ने आधारको ग्यारेण्टी भएन र गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता आधारभूत अधिकार प्राप्त भएन भने बाँच्नै सकिँदैन । बाँच्नै नपाएपछी जतिसुकै लोकतन्त्र भएपनि वा देश जतिसुकै ठूलो, स्वाभिमानी, स्वाधीन र शक्तिशाली भएपनी त्यो लोकतन्त्र वाहियात हुन्छ भने त्यस्तो देश निर्जन हुन्छ । अनि त तिनको पनि के अर्थ र औचित्य हुन्छ र ? यसरी के स्पष्ट छ भने राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु एक अर्कासँग छुट्टाउनै नमिल्ने गरी जोडिएका छन् र कुनै एकको अस्तित्व कुनै अर्कोको अस्तित्वमा निर्भर हुन्छ । त्यसैले भनिएको हो कि, यी तीन बिषयहरु आपसमा अन्र्तसम्बन्धित र अन्तर्निर्भर छन् र यिनलाई अलगथलग रुपमा बुझ्ने र कुनै एक वा दुई मात्र प्राप्त गर्नको लागि मात्र लड्ने कुरा एकाङ्गी, अपूर्ण र कमजोर हुन्छ ।

तसर्थ यी तीन समस्या र यिनको समाधानबारे उपरोक्त प्रकारको एकीकृत र केन्द्रीकृत बुझाइ नै सही र अग्रगामी बुझाइ हो र यसै बुझाइ अनुसार यी तीनथरी समस्या समाधानार्थ हाल भैरहेका वा पछि हुने खण्डित र आंशिक आन्दोलन र अभियान र प्रयासहरुलाई एकीकृत र केन्द्रीकृत गरी सशक्त र प्रभावकारी बनाएर समग्र रुपमा सफलतामा पुराउनु अहिलेको ठोस आवश्यकता हो । यदी यसप्रकारको सही दृष्टिकोण र सो अनुसारको व्यवहार र संघर्ष गर्न रुचि नदेखाएर सबैले मेरो गोरुको बाह्रै टक्का भन्ने र आफ्नो–आफ्नो डम्फू बजाउने गरेर आन्दोलनमा विभाजन, विखराव र विकेन्द्रीकरण भइ नै रह्यो भने हाम्रो सुनिश्चित विजय पनि अवाँछित पराजयमा जान–बदलिन सक्छ । सम्बन्धित सबैमा सही चेतना भया ।।
त्यसैले म फेरिपनी थप जोड दिएर भन्न चाहन्छु कि यी समस्याको सही, शीघ्र, गुणात्मक र दीगो समाधानको लागि नयाँ र वृहत् संयुक्त मोर्चा नै अहिलेको परम आवश्यकता हो, जसबारे मैले विगत एकमहिना भित्रमा थुप्रै लेखी–बोलिसकेको छु । अस्तु ।

वि.सं.२०७६ जेठ १० शुक्रवार १०:१७ मा प्रकाशित

Himalayan Life AD
डडेल्धुरा, देउवा र ठगिएका जनता

डडेल्धुरा, देउवा र ठगिएका जनता

लखर-लखर डुल्ने क्रममा हालै म फेरि एक पटक डडेल्धुरा पुगेँ।...

एकताबद्ध एनआरएनए र मनन गर्नुपर्ने बिषयहरु

एकताबद्ध एनआरएनए र मनन गर्नुपर्ने बिषयहरु

पछिल्लो एनआरएनए एकता र यस एकतालाई सार्थकतासहित सफल पार्न सबै...

सामाजिक आन्दोलनको अध्ययनमा प्रतीति विज्ञान पद्धतीको महत्व

सामाजिक आन्दोलनको अध्ययनमा प्रतीति विज्ञान पद्धतीको महत्व

प्रतीति विज्ञान (फेनोमेनोलोजी) एक दार्शनिक अभियान र एक विशेष परिघटनाको...

संविधानको खिल्ली उडाउने मुसहरको जीवन

संविधानको खिल्ली उडाउने मुसहरको जीवन

मुसहर समुदायको बारेमा मैले पहिलोपटक सन् १९९० को दशकतिर सुनेको...

डिजिटल आकाशमा पनि रातो तारा चम्किनै पर्छ

डिजिटल आकाशमा पनि रातो तारा चम्किनै पर्छ

नेपाली कम्युनिष्ट पार्टी केवल एक राजनीतिक संगठनको नाम मात्र होइन,...

जेन—जी विद्रोहले निम्त्याएको सामाजिक तथा आर्थिक संकट

जेन—जी विद्रोहले निम्त्याएको सामाजिक तथा आर्थिक संकट

नेपालमा विगतका गैह् जिम्मेवार, भ्रष्ट, कुशासन र आफ्ना दलभित्रका कार्यकर्तादेखि...