१० जेठ, मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरीमा सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुुनेमा भारतको मोतीहारी जिल्ला बस्ने वर्ष ४५ का कनैया साह रहेका छन् ।
बिहान ३ः३० बजे भएको सो दुर्घटनामा परी भीमफेदी गाउँपालिका–५ बस्ने वर्ष २० का महेश भुलन चालक र भारतको बेतीया बस्ने वर्ष २२ का कनैयाकुमार साह घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि बल्खु काठमाडौँस्थित वयोधा अस्पतालमा ल्याइएको छ ।
वीरगञ्जबाट काठमाडौँतर्फ आउदैँ गरेको बा२०च ४२७९ नम्बरको बोलेरो सडकबाट करीब १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।
वि.सं.२०७६ जेठ १० शुक्रवार १२:४७ मा प्रकाशित




























