back

प्रतिघण्टा ६ सय किमी गुड्ने रेल बनाउँदै चीन !

वि.सं.२०७६ जेठ १० शुक्रवार

390 

shares
GLOBAL IME AD
NTC AD


१० जेठ । चीनले प्रतिघण्टा ६ सय किमी गुड्ने प्रोटोटाइप रेलको उत्पादन गर्ने योजना अघि ल्याएको छ । चीनको पूर्वी शहर किंगदाओमा बुधबार तिब्र गतिको चुम्बकीय टेनको डिजाइन सार्वजनिक गरिएको छ ।

यसअघि पनि थुप्रै तिब्र गतिको चुम्बकीय रेल बनाइसकेको चीनले पाइपलाइनमा राखेको यसको उत्पादनलाई देशकै एक प्रमुख सफलता मानिएको छ । इन्जिनियरिग प्रोटोटाइप २०२० मा उत्पादन गरिसक्ने र २०२१ मा एकीकृत प्रमाणीकरणका लागि व्यापक परिक्षणको माध्यममा जाने बताइएको छ ।

यसैगरी चीनले सन् २०२० सम्ममा बिना ड्राइभर प्रतिघण्टा २ सय किमी गुड्ने रेल बनाउने योजना यसअघि सार्वजनिक गरिसकेको छ ।
तस्विरः चाइना डेली

वि.सं.२०७६ जेठ १० शुक्रवार १३:१८ मा प्रकाशित