back

लन्डन आइपुगे वरिष्ठ गायक प्रेमध्वज प्रधान

वि.सं.२०७६ जेठ १० शुक्रवार

423 

shares

लन्डन । ‘घुम्तीमा नआउँ है, आँखा तिमी जुधाउन’ जस्ता कालजयी गीत गाएर कपाल फुलाउनु भएका लिजेन्ट गायक प्रेमध्वज प्रधान लन्डन आइएपुगेका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा लिजेन्ट गायक प्रधानको स्वागतका लागि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र मगर संघ यूकेका अध्यक्ष सुनिल राना,कार्यक्रमकी प्रमुख संयोजक तथा संघकी वरिष्ठ उपाध्यक्ष सिता पुन, उपाध्यक्ष छबि माया पुन, महासचिव रुद्र थापा, संघकी सांस्कृतिक सचिब सरु राना मगर, प्याट्रोन घन थापा कोषाध्यक्ष गोमा राना, समाजका सल्लाहकार ओमप्रसाद थापा, टमबहादुर ढेगा लगायत समाजका एकदर्जन प्रतिनिधि हिथ्रो विमानस्थल पुगेका थिए ।

जुन १ तारिख शनिबार मगर संघ बेलायतले फार्नबरो फुटबल क्लबमा आयोजना गरेको कार्यक्रममा गायक प्रधानको प्रस्तुति रहनेछ । आयोजक मगर संघका अनुसार नेपाली संगीतको चर्चित र स्टाइलिस गायक प्रधानले बेलायतवासी नेपाली समुदायलाई पुरानो ती दिनको सम्झाना गराउने छन् ।

प्रधान त्यस्ता गायक हुन्, जो नेपाली गीत संगीतमा छ दशकदेखि अनवरत लागिरहेका छन् । त्यसैले उनलाई नेपाली गीत संगीतको क्षेत्रमा लिजेन्ट गायक भनिन्छ । आमाबाट संगीतको प्रेरणा लिएका गायक प्रधानले स्वरसम्राट नारायण गोपाल, मणिरत्न र किरण खरेलजस्तो व्यक्तित्वको संगत गरेका थिए ।

जुन १ तारिख शनिबार फार्नबरो फुटबल क्लब, फार्नबरोमा सञ्चालन हुने कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाली संगीतका वरिष्ठ गायक प्रेमध्वज प्रधान रहने छन् ।

प्रधानका अलावा लोकदोहोरी गायक कुलेन्द्र विक, गायिका शान्तीश्री परियार, नेपाल आइडलका लोकप्रिय गायिकाद्धय सन्ध्या बुढा ‘काउली बुढी’ र निलिमा थापा, नायक धिरज मगर , लोकदोहोरी गायिका निरु श्रीष, गायक हेमन्त आले, बुगीबुगीकी फाइनालिस्ट प्रगति पुन, मगर गट ट्यालेन्ट विजेता सलिना थापा लगायतले प्रस्तुति गर्ने कार्यक्रम छ ।

कलाकारहरुमध्ये अधिकांशले बेलायतको भिसा समेत पाइसकेको बताइएको छ । मध्यान्ह १२ बजेदेखि साँझ ८ बजेसमम चल्ने कार्यक्रम ५ हजार दर्शकले हेर्ने अपेक्षा आयोजकले गरेका छन् ।

वि.सं.२०७६ जेठ १० शुक्रवार १३:३८ मा प्रकाशित

Himalayan Life AD
न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८...

न्यूर्योकका नेपाली समाजसेवीको पहलमा निःशुल्क भोजन वितरण

न्यूर्योकका नेपाली समाजसेवीको पहलमा निःशुल्क भोजन वितरण

  न्यूयोर्क – समाजसेवा र मानवीय सहयोगको सुन्दर उदाहरण प्रस्तुत...