back

वडाध्यक्ष कुटिएपछि स्थानीयद्वारा विरोध प्रदर्शन

वि.सं.२०७६ जेठ १० शुक्रवार

537 

shares

१० जेठ, भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का वडाध्यक्षमाथि प्रहरीले कुटपिट गरेपछि स्थानीयले आज बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् । बिहीबार राति पुनर्वासको डोकेबजार प्रहरी चौकीमा विवाद मिलाउने क्रममा प्रहरीले वडाध्यक्ष तुलसी अर्यालमाथि कुटपिट गरेको हो ।
कुटपिटबाट घाइते भएका अर्यालको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि धनगढी लगिएको छ । स्थानीयवासीले वडाध्यक्षमाथि कुटपिट भएपछि डोकेबजार चौकीमाथि तोडफोड गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

आफूहरुको जनप्रतिनिधि प्रहरी अधिकृतको निर्देशनमा कुटिएको भन्दै स्थानीयले डोकेबजार–बेलौरी हुलाकी सडक ठप्प पार्नुका साथै स्थानीय बजारसमेत बन्द गराएका छन् । गाउँमा युवायुवतीको विवाद मिलाउने क्रममा वडाध्यक्ष अर्याललाई रोहबर बस्न राति चौकी बोलाइएको थियो ।

स्थानीयवासीको तोडफोड र प्रदर्शनलाई मध्यनजर गर्दै ठूलो सङ्ख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । स्थानीय प्रशासनले विवाद साम्य पार्ने विषयमा छलफल गरिरहेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।

वि.सं.२०७६ जेठ १० शुक्रवार १३:४३ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...