back

अमेरिकामा आँधीका कारण तीन जनाको मृत्यु, जनधनको ठुलो क्षति

वि.सं.२०७६ जेठ १० शुक्रवार

525 

shares

१० जेठ, वासिङ्टन । अमेरिकाको मिजौरी राज्यमा आएको भिषण आँधीका कारण जनधनको ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् ।उद्धारकर्ताहरुले घरदैलोमा पुगेर स्थानीयबासीको उद्धार र खोजी कार्य जारी राखेको बताइएको छ । आँधीका कारण मिजौरीको गाल्डेन सिटीमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मिजौरीको राजधानी शहर जेफरसन सिटीमा पनि क्षतिको आँकलन गर्ने कार्य जारी रहेको छ । राष्ट्रिय जलवायु सेवाले आँधीका कारण व्यापक क्षति गरेको जनाएको छ ।मिजौरीका गभर्नर माइक पार्सोनले ट्वीट गर्दै गएरातिको वर्षासहितको ठूलो आँधीले राज्यमा व्यापक नोक्सान भएको बताएको छ । आँधीले जेफरसन सिटीका कैयौं घर भत्काएको, पर्खाल ढालेको र छाना उडाएको छ । सडकमा रुख र बिजुलीका पोल ढलेर माकुराको जालो जस्तै भएको छ ।

आँधीले गरेको क्षतिको पूर्ण विवरण आउन अझै कैयौं दिन लाग्नेछ ।आँधी पीडित झण्डै २० जनालाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । आँधी करिब २५७ किलोमिटर प्रति घण्टाको बेगमा आएको जलवायु संस्थाले जनाएको छ ।

वि.सं.२०७६ जेठ १० शुक्रवार १४:१२ मा प्रकाशित

Himalayan Life AD
गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...