
१० जेठ, काठमाण्डौं । संसारकै आमाहरुका लागि ताजमहलमा कोठा बन्ने भएको छ ।
तर, ती वृद्ध आमाका लागि नभएर संसारभरबाट ताज महल घुम्न आउने आमाहरुले आफ्ना सन्तानलाई स्तनपान गराउन सहज होस भनेर ‘ब्रेस्ट फिडीङ रुम’ बनाउन लागिएको हो ।
जुन भारतभरीकै स्मारकमा पहिलो स्मारक ताजमहल बन्नेछ जो आमाहरुले ढुक्कले आफ्ना सन्तानलाई स्तनपान गराउन पाउने छन् । भारतीय पुरातत्व सर्वेक्षण (एएसआई) का अधिकारी वसन्त कुमार स्वर्णकारले ताज महल घुम्न आएका महिलाहरुले सन्तानलाई ताजमहलको सिढीमुनि लुकेर खुला ठाउँमा स्तनपान गराएको देख्दा स्तनपान कोठा आवस्यक परेको आफूले महसुस गरेको बताएका छन् ।
स्वर्णकारका अनुसार बेबि फिडिङ रुम ती लाखौ महिलाका लागि सहयोगी हुनेछ जो बच्चा बोकेर ताजमहल घुम्न आउछन् । स्तनपान गराउनु हरेक आमाको अधिकार रहेकोले उनीहरुका लागि उचित ठाउँको व्यवस्थापन गराउनु पर्दछ ।
भारतीय पुरातत्वका अनुसार भारतमा रहेका ३६ हजार स्मारकमा ताजमहल पहिलो हो जसले आमाहरुका लागि यस्तो सुविधा दिदैंछ । पुरातत्वका अनुसार संसारका यस्ता स्मारहरुले ताजमहलबाट उदाहरण लिनेछन् ।
पहिलो वर्ष कलकतामा एक सपिङमलमा सन्तानसहित पुगेकी महिलालाई स्तनपान गराउने ठाउँ नभएर ट्वाइलेटमा जान भनिएको थियो । उनले यसको विरोध गरेकी थिइन् । उनको विरोधको कुनै सुनवाइ नभएपछि उनी बच्चालाई स्तनपान गराउने अधिकारको माग राख्दै धर्ना समेत बसेकी थिइन् ।ऐजेन्सी
वि.सं.२०७६ जेठ १० शुक्रवार १४:१८ मा प्रकाशित
























