back

करोडौं भारतीय नक्कली नोटसहित एयरपोर्टमा पक्राउ परे  युनुस अन्सारी

वि.सं.२०७६ जेठ १० शुक्रवार

489 

shares
१० जेठ, काठमाण्डौं । करोडौं भारतीय नक्कली नोटसहित युनुस अन्सारी अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

पाकिस्तानबाट कतार  हुँदै  चारवटा सुटकेशमा ल्याएको नक्कली भारुसहित युनुस अन्सारीसँगै पाकिस्तानी नागरिक  नासिर उदिन,  नादिया अनवर र मुहम्मद अख्तर पक्राउ परेको विमानस्थल प्रहरीले बताएको छ ।

युनुस उक्त नक्कली नोटले भरिएको सुटकेश लिन एयरपोर्ट पुगेका थिए  । उक्त  नक्कली नोट कतारको दोहा हुँदैं  काठमाण्डौं आइपुगेको  हो । भन्सार जाँच गर्ने क्रममा उक्त नक्कली नोट भेटिएको पनि विमानस्थलबाट एसपी कृष्ण कोइरालाले बताएका छन् ।

केही समय नेशनल टिभीका संचालक रहेका युनुस यसअघि पनि नक्कली भारु र लागू पदार्थ कारोबारमा पटक–पटक  पक्राउ परेर सजाय पाएका व्यक्ति हुन् ।

फाइल:फोटो

वि.सं.२०७६ जेठ १० शुक्रवार १४:३३ मा प्रकाशित

Himalayan Life AD
मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...