
१० जेठ, काठमाण्डौं । प्रेस काउन्सील नेपालका पूर्वअध्यक्ष नयन बहादुर खत्रीको मृत्यु भएको छ ।
खत्रीको आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
विं.स २०३१ देखि २०३२ सम्म प्रेस काउन्सीलका अध्यक्ष रहेका खत्री २०२४ सालमा गठित प्रेस सल्लाहकार समितिका अध्यक्ष समेत रहेका थिए ।
सन् २ं०७९ मा ललितपुरमा जन्मिएका खत्रीले ७ वर्षको उमेरमा १९८५ मा ब्राहखरीको पढाई, विं.स १९९५ मा एसएलसी र त्रिचन्द्र कलेजबाट आइए पढेका थिए । भारतको लखनउबाट अर्थशास्त्रमा एमए र कानुनमा विएल गरेका खत्रीले २००४ बाट सरकारी सेवा सुरु गरेका थिए ।
पञ्चायतकालमा चीनका लागि राजदूत समेत बनेका खत्रीले कानुन मन्त्रालयमा सेक्रेटरी सचिव, सर्वोच्चका प्रधानन्यायाधिश, कानुन, आयोग र राष्ट्रिय मानब अधिकार आयोगको अध्यक्ष भएर समेत काम गरेका थिए ।
प्रेस काउन्सील नेपालले पूर्वअध्यक्ष खत्रीको निधनप्रति दुःख व्यक्त गर्दै परिवारमा समबेदना प्रकट गरेको छ ।

वि.सं.२०७६ जेठ १० शुक्रवार १५:४७ मा प्रकाशित




























