back

भारतले आज न्यूजिल्याण्डसँग अभ्यास खेल खेल्दै

वि.सं.२०७६ जेठ ११ शनिवार

492 

shares

 ११ जेठ, काठमाडौँ । आगामी मे ३० देखि इङल्यान्ड र वेल्समा हुन लागेको एक दिवसीय विश्वकपको पुर्ब सन्ध्यामा भारत र न्युजिल्यान्डले आज एक आपसमा अभ्यास खेल खेल्दै छन् ।

सन् २०१५ को विश्वकपमा सेमिफाइनल सम्मको यात्रा तय गरेको भारतले आगामी प्रतियोगिताको मुख्य दावेदार टोलीको रुपमा आफ्नो दाबी प्रस्तुत गरेको छ । उता अघिल्लो बिश्वकपको फाईनलमा अस्ट्रेलियासँग पराजित न्युजिल्यान्डले पनि यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

आगामी बिहिवार देखि सुरु हुने यसपटक विश्वकप खेल राउण्ड रोबिन फर्माटमा हुनेछ । वल्डकपको ४४ वर्षे इतिहासमा दोस्रोपटक यस्तो फर्माटमा प्रतिस्पर्धा हुन लागेको हो । यसअघि सन् १९९२ मा भएको वल्र्डकप पनि राउण्ड रोबिन फर्माटमा खेलिएको थियो । त्यत्तिबेला भारतीय टीम सेमिफाइनलमा पनि पुग्न सकेको थिएन । फर्माट बदल्ने नियमका कारण यो टुर्नामेन्ट सबैभन्दा चुनौतीपूर्ण हुने भारतीय कप्तान विराट कोहलीको भनाइ छ । उनका अनुसार टुर्नामेन्टको फर्माटको देख्दा अहिलेसम्मको सबैभन्दा चुनौतीपूर्ण विश्वकप हुनेछ ।

के हो राउण्ड रोबिन फर्माट ?

यो फर्माटमा कुन टिम सेमिफाइनलमा पुग्छ भन्ने अनुमान गर्न निकै गाह्रो हुन्छ । टुर्नामेन्टमा भाग लिने सबै टिमको सबैसँग खेल्ने हुँदा सबै सबैका लागि प्रतिस्पर्धी हुन्छन् । यसपटक वल्डकपमा १० टिम सहभागी हुँदैछन् । यसअनुसार सबै टिमले ९–९ म्याच खेल्नु पर्दछ । प्रत्येक म्याचको बिजेतालाई निश्चित नम्बर प्राप्त हुन्छ । यसप्रकार शिर्ष ४ मा रहने टिम सेमिफाइनलमा जान्छन् । यसपछि मात्र नकआउट राउण्ड सुरु हुन्छ । एक म्याच हार्ने टिम खेलबाट बाहिर हुन्छ । अंक तालिकामा नम्बर वानको नम्बर ४ सँग र नम्बर २ को ३ सँग प्रतिस्पर्धा हुन्छ ।

यसमा बिजेता दुई टिम फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यसमा प्रत्येक खेलआफ्नो पुरा क्षमताका साथ खेल्नु पर्दछ । यो विशेष खालको चुनौति हो जसका लागि एकअर्काबीच सामान्जयस्ता हुन आवश्यक छ ।

वि.सं.२०७६ जेठ ११ शनिवार १४:०१ मा प्रकाशित

Himalayan Life AD
नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा...

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र...

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण...

युएईविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

युएईविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको...

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

  काठमाडौँ । स्टार्टअप वर्ल्डकप, २०२५ को विश्व प्रतिस्पर्धाका लागि...