
११ जेठ । पोखरा महानगरपालिका वडा नं. १८ स्थित बतास अर्गनाइजेसनले सार्वजनिक बाटोका लागि आफ्नो जग्गा दानमा दिएको छ । संस्थाले वडा नं १८ ले हेप्पि भिलेज देखी ढकाल थर कृषि सडक जोडिएको जग्गा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको हो ।
पर्यटन बिकास होस भन्ने हेतु मुल बाटोमा रहेको बतास अर्गनाइजेसनको जग्गा सार्वजनिक बाटो निकासको लागि गरेको जग्गा दान गरिएको संस्थाले जनाएको छ । वडालले बतास अर्गनाइजेसनलाई धन्यवाद दिँदै पर्यटन विकासका लागि उक्त मार्गले महत्त्वपूर्ण भुमिका खेल्ने जनाएको छ ।
सडकको नाम ‘बतास मार्ग’
पोखरा महानगरपालिका वडा नं १८ ले सार्वजनिक बाटोका लागि जग्गा दानमा दिने बतास अर्गनाईजेसनको सम्मान गर्दै उक्त सडकको नाम ‘बतास मार्ग’ राखेको छ । जग्गा दानको कदर गर्दै उक्त बाटोको नाम नै बतास मार्ग राखिएको वडा नं १८ का अध्यक्ष रणबहादुर थापाले बताए । अध्यक्ष थापाका अनुसार उपभोक्ता समिति र टोल सुधार समितिको समेत निर्णय अनुसार उक्त सडकको नाम बतास मार्ग नामाकरण गरिएको हो ।
संस्थाले प्रदान गरेको जग्गाको कदर गर्दै बाटोको नाम नै बतास मार्ग राखेकोमा खुशी व्यक्त गर्दै संख्याले यसले थप सत्मार्गमार्गमा लाग्न प्रेरित गर्ने बताएको छ । ‘पर्यटन बिकास होस भन्ने हेतु मुल बाटोमा रहेको बतास अर्गनाइजेसनको जग्गा सार्वजनिक बाटो निकासको लागि गरेको जग्गा दानको कदर स्वरुप उक्त बाटोको नामनै ‘बतास मार्ग’ राखीएको जानकारी पाउँदा हामीलाई अझ थप सत्मार्गमा लाग्न प्रेरित गरेको छ’ बतास अगनाईजेसनका अध्यक्ष आनन्द राज बतास(Ananda Raj Batas)ले बताए ।
वि.सं.२०७६ जेठ ११ शनिवार १४:४१ मा प्रकाशित




























