back

ऐतिहासिक ठूलीपोखरी भरेर ताल बनाइँदै

वि.सं.२०७६ जेठ ११ शनिवार

435 

shares
GLOBAL IME AD
NTC AD

११ जेठ, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको ऐतिहासिक ठूलीपोखरी तालको मर्मतसम्भार शुरु गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रु २५ लाखको लागतमा ऐतिहासिक ठूलीपोखरीको मर्मत गरी बाह्रै महीना पानी भर्नुका साथै पर्यटकीय दृष्टिकोणबाट विकास गर्न थालिएको हो ।

झण्डै दुई सय वर्ष पुरानो सात रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक ठूलीपोखरीलाई तालको रुपमा विकास गर्न लगिएको हो । अहिले पानीविहीन तथा मर्मत संरक्षण हुन नसक्दा जीर्ण बनेको पोखरीलाई मर्मतसम्भार गरी पोखरीको गहिराइ समेत बढाइने योजना छ ।

उक्त पोखरीमा पञ्चासेदेखि पानी ल्याएर सङ्कलन गरी पर्यटकीय र आर्थिक विकासको हिसाबले सञ्चालन गर्ने योजना समेत रहेको ठूलीपोखरी संरक्षण तथा मर्मतसम्भार समितिका अध्यक्ष ढकाराम सापकोटाले जानकारी दिए । पहिलो चरणमा मन्त्रालयबाट विनियोजित रकमले पोखरीको भौतिक संरचना निर्माण गरिनेछ ।

ठूलीपोखरीको मर्मतसम्भारको काम गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शुक्रबार शुभारम्भ गर्दै पुराना पोखरी, चौतारी, ऐतिहासिक मठमन्दिरहरुको संरक्षणमा प्रदेश सरकार लागेको बताउनुभयो । ठूलीपोखरीमा कृत्रिम ताल बनाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सक्दा आयआर्जन र रोजगारी सिर्जना गर्ने एउटा महत्वपूर्ण माध्यम बन्ने उनले बताए ।,

प्रदेश सरकारले गण्डकी प्रदेशका दुई हजारभन्दा बढी ताल तथा पुराना पोखरीलाई संरक्षण गर्न र पानीको अधिकतम सदुपयोग गर्न ताल प्राधिकरण समेत गठन गरेको बताए ।

सो अवसरमा प्रदेशसभा सदस्य जुनादेवी नेपालीले संसारको सबैभन्दा ठूलो उद्योग रहेको चर्चा गर्दै नेपालमा पर्यटनबाट नै विकास र समृद्धि प्राप्त गर्न सकिने बताए । फलेवास नगरपालिकाका प्रमुख पद्मपाणी शर्माले ऐतिहासिक र धार्मिक महत्वका पुराना मठमन्दिरदेखि पोखरीलाई संरक्षण तथा प्रवद्र्धन गर्दै पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए ।

कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले समृद्धिको पहिलो आधार पर्यटन भएकाले ठूलीपोखरीमा बन्न लागेको कृतिम तालले समृद्धिको मार्गमा हिँडाउने दाबी गरे ।

वि.सं.२०७६ जेठ ११ शनिवार १६:०८ मा प्रकाशित

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका...

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएपछि २०८० फागुन...

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

काठमाडौँ । बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ...

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

अर्घाखाँची । स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले...

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी...

बेनी-जोमसोम-कोरला सडकखण्डमा ८५ प्रतिशत काम सम्पन्न

बेनी-जोमसोम-कोरला सडकखण्डमा ८५ प्रतिशत काम सम्पन्न

मुस्ताङ । उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला...