१२ जेठ, काठमाडौँ । काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि प्रदेश ५ ले १४ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा अलराउण्डर कृष्ण कार्कीको कप्तानी रहेको छ । टोलीमा कृष्ण सहित हिटर सौरभ खनाल, सन्दीप सुनार देखी अनिल खरेल सम्म अटाएका छन् । समुह ए मा रहेको प्रदेश ५ ले पहिलो खेल जेठ १३ मा प्रदेश ३ सँग मुलपानी क्रिकेट मैदानमा खेल्ने छ । प्रदेश ५ ले जेठ १६ मा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्दा जेठ १९ मा एपीएफसँग खेल्ने छ ।
समुह चरणको अन्तिम खेल जेठ २० मा गण्डकीसँग खेल्ने कार्यतालिका छ । शीर्ष दुईमा रहन सके प्रदेश ५ सेमिफाईनल प्रवेश गर्नेछ । १४ सदस्यीय टोलीमा कृष्ण कार्की कप्तान,सौरभ खनाल, सुवेन्दु पाण्डे,सन्दीप सुनार, ,प्रनित थापा मगर, विक्रम भुषाल, ।निश्चल चौधरी,सुरज दराई, जितेन्द्र साहनी, प्रकाश केसी, अनिल खरेल, अनुपभ सिंह , सिद्धान्त राज शाही, अमित तामाङ प्रशिक्षक, बसन्त शाही ब्यवस्थापक, होमेन्द्र क्षेत्री वैकल्पिक खेलाडी, रोविन क्षेत्री, एकलाख अहमद, आकश विष्ट र विशाल बिक्रम केसी रहेका छन् ।
वि.सं.२०७६ जेठ १२ आइतवार ०८:०६ मा प्रकाशित


























