
१२ जेठ, काठमाण्डौं । विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहिचान गरिएका नेपालका १५ सम्पदाको अवस्था अन्योलमा परेका छन् ।
१० वर्ष अघि नेपालले १५ वटा सम्पदा पहिचान गरी विश्व सम्पदा समितिलाई सूची पठाएको थियो । प्रत्येक वर्ष विश्वभरीबाट प्राप्त सम्भावना बोकेको सम्पदालाई आवद्यिक गर्न विश्व सम्पदा समितिमा पूर्ण बैठक जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा बस्दैछ ।
यी हुन् १५ सम्पदा
भूर्ति मन्दिर क्षेत्र, दैलेख
मध्ययुगिन बस्ती, कीर्तिपूर
लोमान्थाङको माटोको पर्खाल, मुस्ताङ
दरबार क्षेत्र नुवाकोट
रामजानकी मन्दिर, जनकपुरधाम
रुरुको ऋषिकेश क्षेत्र गुल्मी
सिञ्जा उपत्यका, जुम्ला
तानसेनको मध्युयुगीन सहर, पाल्पा
बज्रयोगिनी र साँखुको पुरानो बस्ती
मुक्तिनाथ उपत्यकाको गुफा, मुस्ताङ
तोरीको तेल उत्पादन कारखाना, खोकना
रामग्रामस्थित बुद्धको स्तूपा, नवलपरासी
पनौतीको मध्ययुगीनपूर्वको बनावट, काभ्रे
गोरखाको मध्ययुगीन दरबार क्षेत्र, गोरखा
तिलौराकोटस्थित शाक्य वंशको पुरातात्विक अवशेष, कपिलवस्तु । आइतबारको गोरखापत्र दैनिकबाट
वि.सं.२०७६ जेठ १२ आइतवार ०८:२७ मा प्रकाशित




























