१२ जेठ, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षभित्रै एकलाख बेरोजगारलाई १ महिनाभित्रै १ महिना बराबरको रोजगारी दिने गरी २ अर्व ३६ करोड रुपैँया निकास गरेको छ । प्रधामन्त्री रोजगार कार्यक्रमअन्तर्गत खर्च गर्न लागिएको सो रकम ७५३ स्थानीय तहका विभिन्न साना परियोजनामार्फत खर्च गरी रोजगार सिर्जना गर्न लागिएको हो ।
स्थानयि तहमा बेरोजगार व्यक्तिको सूचीमा सूचिकृत भएका बेरोजगार व्यक्तिलाई न्युनतम रोजगारीको प्रत्याभूति गराउन चालु आर्थिक वर्ष सकिन डेढ महिना बाँकी रहँदा बजेट निकासा गरिएको छ । सामुदायिक पूर्वधारको विकासमार्फत नागरिकको जीवनयापन सुधार ल्याउने उद्देश्यले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाको यही आर्थिक वर्षबाट सञ्चालन गर्न कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाहरुको सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ स्वीकृत समेत भइ कार्यान्वयनमा आएको हो । यसरी निकास गरिएको बजेटप्रति स्थानयि तह ६ लाखदेखि १ करोड रुपैँयासम्मका छन् ।
कर्यविधिअनुसार स्थानीय तहहरुलाई सशर्त अनुदान हस्तान्तरण कार्यक्रमअन्तर्गत सबै स्थानीय तहलाई सुत्रका आधारमा सशर्त अनुदानका लागि २ अर्व ३६ करोड ६९ हजार रुपैँया बजेट हस्तान्तरण गरिसकिएको श्रममन्त्री गोकण विष्टले बताए । “ देशमा रोजगारी सिर्जना गर्ने यो कार्यक्रम सुस्वातमात्र हो ,मन्त्री विष्टले भने “केही समयभित्र शिक्षित युवाका लागि ४० हजार र सूचना प्रविधिको क्षेत्रमा १ लाख रोजगारी दिने गरी सम्भावित क्षेत्रको पहिचान भइसकेको छ । ” आइतबारको कारोबार दैनिकबाट
वि.सं.२०७६ जेठ १२ आइतवार ०८:३२ मा प्रकाशित




























