back

नगरपालिकाको आम्दानी ९१ करोड ७४ लाख

वि.सं.२०७६ जेठ १२ आइतवार

528 

shares
GLOBAL IME AD
NTC AD

१२ जेठ, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालू आव २०७५–७६ मा रु ९१ करोड ७४ लाख ४१ हजार आम्दानी गरेको छ । निर्वाचित जनप्रतिनिधिको पदबहालीको दुईवर्षे कार्यकालको समीक्षा गर्दै मध्यपुरथिमि नगरपालिकाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यसबारे जानकारी दिँदै दोस्रो नगरसभाबाट स्वीकृत कूल बजेटमा वैशाख मसान्तसम्म ७७.७५ प्रतिशत आम्दानी गर्न सफल भएको बताए । नगरपालिकाले आयतर्फ आन्तरिक स्रोतबाट रु ११ करोड ८६ लाख ४३ हजार र बाह्य स्रोतबाट रु ७९ करोड ९७ लाख ९८ हजार आम्दानी गरेको उनले जानकारी दिए ।

नगरपालिकाले विभिन्न समस्याका कारण आन्तरिक आयतर्फ रु २५ करोडको लक्ष्य लिए पनि उपलब्धि हासिल गर्न नसकेको बताउँदै उनले असार समान्तसम्म रु २२ करोड पु¥याउने गरी काम भइरहेको बताए । नगरपालिकाले खर्चतर्फ कूल स्वीकृत बजेटको ३४.४८ प्रतिशत मात्र खर्च गरेको छ । चालू खर्चतर्फ रु २३ करोड ८१ लाख ३४ हजार र पूँजीगत खर्चतर्फ भने रु १८ करोड २२ लाख २५ हजार मात्रै खर्च गरेको छ । नगरप्रमुख श्रेष्ठले करीब रु ५२ करोड पूँजीगत खर्च भइसके पनि फस्र्यौट हुन बाँकी रहेकाले कम देखिएको दाबी गर्दै असार मसान्तसम्म ६० देखि ७० प्रतिशतसम्म खर्च पुग्ने बताए ।

नगरपालिकाले भौतिक पूर्वाधार विकासका लागि रु ८८ करोड १२ लाख ३० हजार विनियोजन गरी वडा तहमा ९०, नगरस्तरीय ठूला पूर्वाधार ५६ गरी कूल जम्मा १४६ योजना स्वीकृत भई काम भइरहेको जानकारी दिए । त्यस्तै नगरपालिका क्षेत्रभित्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक जात्रा, पर्व एवं सम्पदालगायतका अमूर्त मृर्त संस्कृतिको संरक्षणका लागि सांस्कृतिक नगर मध्यपुरथिमि गुरुयोजना निर्माणकार्य भइरहेको र यसका लागि प्रदेश नं ३ सरकारबाट रु एक करोड प्राप्त भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

वि.सं.२०७६ जेठ १२ आइतवार ०९:०९ मा प्रकाशित

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...

सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष प्रचण्डको उद्घोष

सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष प्रचण्डको उद्घोष

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री...

वरिष्ठ पत्रकार बस्नेतको हृदयघातका कारण निधन

वरिष्ठ पत्रकार बस्नेतको हृदयघातका कारण निधन

काठमाडौं । भक्तपुर एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको...

भारतीयको रोजाइमा नेपाली गुन्द्रुक र हस्तकला

भारतीयको रोजाइमा नेपाली गुन्द्रुक र हस्तकला

कमलकुमार बस्नेत र राजेन्द्र विष्ट,देहरादुन (भारत) । “आउनुहोस्, भाँडा र...

गाउँपालिका अध्यक्ष र जनमत पार्टीका नेता प्रहरी नियन्त्रणमा

गाउँपालिका अध्यक्ष र जनमत पार्टीका नेता प्रहरी नियन्त्रणमा

सिरहा । यहाँको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय...

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड दाहाल

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड दाहाल

वीरगञ्ज (पर्सा) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...