back

नगरपालिकाको आम्दानी ९१ करोड ७४ लाख

वि.सं.२०७६ जेठ १२ आइतवार

738 

shares

१२ जेठ, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालू आव २०७५–७६ मा रु ९१ करोड ७४ लाख ४१ हजार आम्दानी गरेको छ । निर्वाचित जनप्रतिनिधिको पदबहालीको दुईवर्षे कार्यकालको समीक्षा गर्दै मध्यपुरथिमि नगरपालिकाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यसबारे जानकारी दिँदै दोस्रो नगरसभाबाट स्वीकृत कूल बजेटमा वैशाख मसान्तसम्म ७७.७५ प्रतिशत आम्दानी गर्न सफल भएको बताए । नगरपालिकाले आयतर्फ आन्तरिक स्रोतबाट रु ११ करोड ८६ लाख ४३ हजार र बाह्य स्रोतबाट रु ७९ करोड ९७ लाख ९८ हजार आम्दानी गरेको उनले जानकारी दिए ।

नगरपालिकाले विभिन्न समस्याका कारण आन्तरिक आयतर्फ रु २५ करोडको लक्ष्य लिए पनि उपलब्धि हासिल गर्न नसकेको बताउँदै उनले असार समान्तसम्म रु २२ करोड पु¥याउने गरी काम भइरहेको बताए । नगरपालिकाले खर्चतर्फ कूल स्वीकृत बजेटको ३४.४८ प्रतिशत मात्र खर्च गरेको छ । चालू खर्चतर्फ रु २३ करोड ८१ लाख ३४ हजार र पूँजीगत खर्चतर्फ भने रु १८ करोड २२ लाख २५ हजार मात्रै खर्च गरेको छ । नगरप्रमुख श्रेष्ठले करीब रु ५२ करोड पूँजीगत खर्च भइसके पनि फस्र्यौट हुन बाँकी रहेकाले कम देखिएको दाबी गर्दै असार मसान्तसम्म ६० देखि ७० प्रतिशतसम्म खर्च पुग्ने बताए ।

नगरपालिकाले भौतिक पूर्वाधार विकासका लागि रु ८८ करोड १२ लाख ३० हजार विनियोजन गरी वडा तहमा ९०, नगरस्तरीय ठूला पूर्वाधार ५६ गरी कूल जम्मा १४६ योजना स्वीकृत भई काम भइरहेको जानकारी दिए । त्यस्तै नगरपालिका क्षेत्रभित्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक जात्रा, पर्व एवं सम्पदालगायतका अमूर्त मृर्त संस्कृतिको संरक्षणका लागि सांस्कृतिक नगर मध्यपुरथिमि गुरुयोजना निर्माणकार्य भइरहेको र यसका लागि प्रदेश नं ३ सरकारबाट रु एक करोड प्राप्त भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

वि.सं.२०७६ जेठ १२ आइतवार ०९:०९ मा प्रकाशित

Himalayan Life AD
बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको...

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन...

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र...

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय...