back

पुनःनिर्माणमा नयाँ अभ्यास, काठैकाठ प्रयोग गरेर घर निर्माण

वि.सं.२०७६ जेठ १२ आइतवार

477 

shares

१२ जेठ, बेत्रावती । चार वर्षअघि गएको ‘गोरखा भूकम्प’ पछि नुवाकोटमा विपत प्रतिरोधात्मक संरचना बनाउने क्रममा काठैकाठ मात्र प्रयोग गरेर घर बनाउन थालिएको छ । विदुर नगरपालिका–९ जफती एवं आसपासका स्थानसहित रसुवामा समेत नयाँ घर बनाउँदा निर्माण सामग्रीको रुपमा गोब्रेसल्लाको काठ प्रयोग गरेर घर बनाउन स्थानीयवासी आकर्षित भएका छन् ।

भूकम्पपछिको पुनःनिर्माणमा सहयोग पु¥आउनुभएका अष्ट्रियाली नागरिक राफायल लङ्गेहोस्र्तको नेतृत्वमा रहेको यहाँका निर्माणकर्मी सम्मिलित टोलीले स्थानीय स्रोतसाधनको प्रयोग गरेर घरको जग तहसम्म पूरा गरेपछि त्यसपछि काठैकाठ प्रयोग गरेर घर बनाएका छन् । ती घर बहुविपत प्रतिरोधी रहेको पुष्टि गर्दै भूकम्पपीडित लाभग्राहीलाई आवास पुनःनिर्माणमा सहयोगस्वरुप सरकारले उपलब्ध गराउने अनुदान रकमसमेत दिएको विनपा–९ का वडाध्यक्ष सनी चित्रकारले जानकारी दिए ।

उनका अनुसार गारोमा काठ मात्र प्रयोग गरेर बनाइएको घर भूकम्प र आगलागीबाट सुरक्षित रहेको भनेर इञ्जिनीयरबाट सिफारिश भएकाले रु तीन लाख अनुदान उपलब्ध गराइएको छ । ढुङ्गा–माटोबाट बनेका परम्परागत शैलीका अधिकांश घरलाई भूकम्पले क्षति पु¥याएका कारण जोखिमबाट बच्न हाल नयाँ प्रविधिको रुपमा काठको प्रयोग गरेर घर बनाइएको जफतीका कृष्णबहादुर बोगटीले बताए ।

उनको अनुसार जफतीको स्थानीयका केही निजी घर र स्वास्थ्यचौकी काठैकाठ प्रयोग गरेर बनाइएको छ । घरको छानामा भने टायल लगाइएको छ । “बासोबास गर्न स्वास्थ्यको दृष्टिकोणले ढुङ्गामाटो प्रयोग गरिएका घर प्रभावकारी भए पनि भूकम्पबाट जोगाउन चुनौती भएकाले काठैकाठको गारो बनाएर घर बनाएका हौँ”, बोगटीले भने, “काठले बनाएका घर भूकम्पले सजिलै नलडाउने, जाडोमा न्यायो र गर्मीमा चिसो महसुस हुने, मुसालगायतका जीवजन्तुको प्रभाव नपर्ने देखिएको छ ।” काठैकाठको घर बनाउन प्रयोग भएका काठ भने हाल अधिकांश विदेशबाट आयात भइरहेको छ ।

नेपालको उच्च भू–भागमा पाइने गोब्रेसल्ला जातको काठ ल्याएर यहाँ घर बनाउन व्यस्त अष्ट्रियाका नागरिक राफायल लङ्गेहोस्र्तले आफ्नो देशको उत्कृष्ट नमूनालाई नेपालको भूकम्पपछिको पुनःनिर्माणमा प्रयोगमा ल्याएको बताए । निर्माणमा प्रयोग गरिने उक्त काठलाई सिजनिङ तथा प्रशोधन गरिएकाले आगो लागेमा सजिलै नसल्कने, आकर्षण एंव मौलिकपन सुहाउँदो देखिएकाले धेरैको छनोटमा पर्ने गरेको स्थानीयवासी बताउँछन् ।

वि.सं.२०७६ जेठ १२ आइतवार १०:११ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...