back

स्वास्थ्यकर्मीलाई बिदामा नबस्न स्वास्थ्य सेवा विभागको निर्देशन

वि.सं.२०७६ जेठ १२ आइतवार

420 

shares

१२ जेठ, जाजरकोट । विगतमा झाडापखाला, स्वाइनफ्लुुलगायतका रोगबाट झण्डै २५० भन्दा बढीको मृत्यु भएको जाजरकोटमा यो पटक भने जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा विभागको निर्देशनअनुसार काज वा बिदामा नबस्न परिपत्र गरिएको छ ।

यो समय महामारी फैलनसक्ने भएकाले अत्यावश्यक कामबाहेक बिदामा छाड्न नमिल्ने र बिदामा बस्नैपर्ने अवस्था आए वैकल्पिक व्यवस्था गरेर मात्र बिदा स्वीकृति गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । पटक–पटकका विभिन्न रोगका कारण थलिएको जाजरकोटमा अब यस्ता खालका घटना नहुन् भनेर समयमै सचेत भएको प्रजिअ बस्नेतले जानकारी दिए ।

विसं २०६६ मा जाजरकोटका केही दुर्गम गाउँमा देखिएको झाडापखालाका कारण ५० हजार मानिस प्रभावित भए भने १५३ को ज्यान गयो । विसं २०७१ चैत र २०७२ वैशाखमा पुनः जाजरकोटमै सिजनलफ्लु फैलियो । यसबाट २७ को मृत्यु भयो । यसमा पनि पुरानै नियति दोहोरियो । २०७४ माघमा जिल्लाको जुनीचाँदेमा फैलिएको रुघाखोकीबाट १२ को मृत्यु भयो । सयौँ बिरामी परे । समयमै उपचार गरिएका कारण थप क्षति हुन भने पाएन् ।

मानिस अहिले पनि बिरामी हुँदा स्वास्थ्य संस्था जानुको साटो धामीझाँक्रीकहाँ झारफुक गर्न जाने गरेका छन । जाजरकोटलाई विसं २०७१ मै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएको छ । सरकारी तथ्याङ्कमा ८७ प्रतिशत जनताले शुद्ध खानेपानी उपभोग गर्छन् भन्ने छ । तर, दाउरा र पराल राख्न शौचालय प्रयोग गरिएको पाइएको छ । अधिकांश नागरिक अहिले पनि खुला शौच गर्छन । यहाँका करीब ७५ प्रतिशत मानिसले असुरक्षित पानी पिउने गरेको एक अध्ययनले देखाएको छ । दूषित पानीकै कारण धेरैजसो सरुवा रोग फैलिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

नौ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा एक एमडीजिपी चिकित्सक र अरू मेडिकल अधिकृत मात्र छन् । पहिलेको भन्दा अहिले अस्पतालको मुहार फेरिएको छ । जाजरकोटमा एक जिल्ला अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३१ स्वास्थ्य केन्द्र छन् । भौगोलिक रूपमा निकै विकट रहेको जाजरकोटमा ७७ वडा छन् । सरकारले एक वडा एक स्वास्थ्य संस्था बनाउने नीतिगत निर्णय गरिसकेको भए पनि यहाँ ३५ स्वास्थ्य संस्था छन् भने बाँकी ४२ वडा स्वास्थ्य संस्थाविहीन रहेका छन् । भएका स्वास्थ्य संस्थामा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएको वर्षौँ भएको स्थानीयवासीको गुनासो छ ।
महामारी फैलिन नदिन जिल्लाका विभिन्न स्थानमा बफर स्टक औषधि राख्नुपर्ने र जिल्लामा स्वास्थ्यकर्मीको टास्क फोर्स (घुम्ती टोली) राख्नुपर्नेमा त्यो हुनसकेको छैन । तर स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति कृष्णबहादुर खत्रीले कार्यालय तयारी अवस्थामै रहेको दाबी गरेका छन् । उनले त्यसो भनेपनि दुई हप्ताअघि पठाएको औषधि बाटोमै म्याद गुर्जेको पाइएपछि निकै आलोचना भएको थियो । स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रमदेखि पूर्वतयारीका लागि औषधिको कुनै व्यवस्था नगरेको पाइएको छ । सञ्चारमाध्यममा सूचना दिएर जनताको सूचना पाउने अधिकार कुण्ठित गर्दै फेसबुकमा सूचना सम्प्रेषण गरेर दिन कटाउने गरेका स्थानीय तहका कर्मचारीले विकासे योजनाको अनुगमनसमेत आफैँ गर्दै आएका छन् ।

वि.सं.२०७६ जेठ १२ आइतवार १०:२४ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...