back

ओमानमा एक नेपाली महिलाको हत्या, अर्की झुण्डिएको अवस्थामा फेला परिन्

वि.सं.२०७६ जेठ १२ आइतवार

510 

shares

युएई । ओमानमा एक नेपाली महिलाको हत्या भएको छ । अर्की एक महिलाको शंकास्पद मृत्यु भएको छ ।

वैदेशिक रोजगारीका लागि २२ महिनाअघि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको गएको जेठ ३ गते हत्या भएको हो ।

ओमानको सलाहमा बस्दै आएकी अप्सरा दाहालको चक्कु प्रहार गरेर हत्या गरिएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । चक्कु हानेर घाइते भएकी अप्सराको उपचारका क्रममा अस्पतालमा ज्यान गएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । अप्सराको शव अहिले सुल्तान अलकाबुस अस्पतालमा राखिएको छ ।

अप्सरा एक बंगाली नागरिकसँग बस्दै आएकाले हत्यामा तिनै बंगाली नागरिक संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको छ । अप्सराको हत्या भएको ठाउँ सलाह ओमानको राजधानी मस्कटबाट एक हजार किलोमिटर भन्दा धेरै दुरीमा पर्छ ।

घटना भएको ठाउँ टाढा भएकाले दूतावासको प्रतिनिधि पठाउने तयारी भइहरेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताइन् ।

यस्तै बर्दियाकी सुनिता सार्कीको भने शंकास्पद मृत्यु भएको छ । उनी झुण्डिएको अवस्थामा फेला परेकी ुहन् । तर घुँडाले भुईं छोएकाले सुनिताको मृत्यु शंकास्पद देखिएको हो । सुनिताको मृत्युका बारेमा दूतावासलाई कुवेतमा रहेकी उनकी दिदीले जानकारी दिएकी हुन् ।

सुनिता भिजिट भिसामा ओमान पुगेर घरेलु कामदारको रुपमा काम गर्दै आएकी थिइन् अप्सरा र सुनिता दुवै जना काम गर्ने ठाउँ छोडेर भागेर बंगाली नागरिकसँग बस्दै आएको प्रारम्भिक जानकारी पाएको दूतावासले बताएको छ ।

सुनिताको कोठामा बंगाली महिलाको परिचयपत्र फेला परेकाले सुरुमा बंगाली नै भएको भन्दै स्थानीय निकायले बंगादेशको दूतावासमा खबर गरेको थियो । तर पछि सुनिता नेपाली भएको खुलेपछि खबर गर्दा ढिलो खबर पाएको दूतावासले जनाएको छ ।

वि.सं.२०७६ जेठ १२ आइतवार १५:१६ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...