back

पाकिस्तानी खेलाडीलाई श्रीमती साथमा राख्ने अनुमति

वि.सं.२०७६ जेठ १२ आइतवार

531 

shares

१२ जेठ । इङग्ल्याण्डमा हुने क्रिकेट वल्ड कप २०१९(ICC World Cup) नजिकँदै छ । वल्डकप नजिकिएसँगै सहभागी देशका खेलाडीहरु उत्साहित छन् । सम्बन्धीत देशको नियामक निकाय आफ्ना खेलाडीहरुलाई उत्साहित बनाउन तल्लिन छन् । यसैक्रममा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले वल्ड कपमा सहभागी आफ्ना खेलाडीहरुका खुशी बनाउने प्रयास गरेको छ ।

पीसीबीले वल्डकपका बेला पाकिस्तानी क्रिकेट खेलाडीहरु श्रीमती साथ राख्ने अनुमति दिएको छ । आफ्ना खेलाडीहरुको अनुरोधका आधारमा पीसीबीले उक्त अनुमति दिएको हो ।

पिसिबीले इङग्ल्याण्डको विरुद्ध खेलिएको पाँचौँ म्याचको श्रृंखलाका दौरान खेलाडिलाई साथ रहने अनुमति दिइसकेको थियो । तर एकमहिना पछि नै खेलाडी सरफराजले उक्त अनुमति माग्दा इन्कार गरिएको थियो । निराश बनेका खेलाडीले व्यवस्थापन पक्षसँग पुनः अनुमति मागेपछि पीसीबीले यो अनुमति दिन बाध्य भएको हो ।

पीसीबीले खेलाडीहरुसँग शर्त राखेको छ । त्यो शर्त भनेको पाकिस्तानी खेलाडीहरुले जुन १६ मा भारतसँगको प्रतिस्पर्धा पछि मात्र आफ्नो परिवारलाई साथमा राख्न पाउने छन् । पीसीबीको यो निर्णयबाट पाकिस्तानी त्यक्ति खुशी छैनन् । उनीहरु आफ्नी श्रीमती र छोराछोरीलाई १२ जुनको अष्ट्रेलिया विरुद्धको प्रतिस्पर्धापछि नै साथ रहने अनुमति चाहन्थे।

यद्यपी पिसिबीको यो अनुमति आउनु अघि नै अशर अली र हैरिस सोहेल दुई पाकिस्तानी क्रिकेट खेलाडीहरूलाई टूर्नामेंटको सुरुवातबाटै उनीहरूहरुलाई परिवारसँग बस्न अनुमति दिइएको छ । अलीले हालै आफ्नो १८ महिनाका छोरी गुमाएका थिए भने सोहेललाई व्यक्तिगत कारणले अनुमति दिइएको बताइएको छ ।

क्रिकेट वल्ड कप २०१९ यहि मे ३० मा सुरु भएर फाइनल प्रतियोगिता १४ जुलाइमा हुँदैछ । इंग्लैंड तथावेल्स द्वारा आयोजना गरिएको क्रिकेट वल्ड कप २०१९ राउण्ड रोबिनका आधारमा आधारमा खेलिँदैछ । प्रतियोगितामा १० टिम सहभागी हुनेछन् ।

वि.सं.२०७६ जेठ १२ आइतवार १५:२६ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...