back

तुलाधरको स्मृतिमा आज शोकसभा सम्पन्न

वि.सं.२०७६ जेठ १२ आइतवार

891 

shares

१२ जेठ, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका सेवानिवृत्त कलाकार कृष्णमान तुलाधरको स्मृतिमा आज शोकसभा सम्पन्न भएको छ । अमेरिकामा बस्दै आएका श्रेष्ठको गत वैशाख २९ गते हृदयाघातका कारण ६६ वर्षका उमेरमा निधन भएको हो । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, प्रज्ञाप्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठन, लोकतान्त्रिक कर्मचारी तथा कलाकार सङ्घ र प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा आयोजित शोकसभामा कलाकार मदनदास श्रेष्ठले तुलाधरको निधनले नृत्य र नाट्य क्षेत्रले ठूलो क्षति भोग्नु परेको बताए ।

सभामा सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले तुलाधरलाई परिश्रमी र प्रतिभावान् व्यक्तिका रुपमा चित्रण गरे । “तुलाधर बिहान, साँझ घरमा बसेर काष्ठकलाको काम पनि गर्दथे”, शर्माले भने, “साह्रै रमाइलो थिए, तनाव कहिल्यै लिदैनथे ।”नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष धर्मराज कार्की, प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष विश्वमोहन राजभण्डारी, लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष अशोक चौरासिया र नृत्य कलाकार सङ्घका अध्यक्ष भुवन श्रेष्ठले तुलाधरको नृत्यले राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा ख्याति पाएको र सबै मन्त्रमुग्ध हुने खालको भएको बताउँदै नृत्य कलाकारहरुको तस्वीर सङ्कलन गरिने जानकारी दिए ।

तुलाधरले २०३१ सालमा तत्कालीन राजकीय प्रज्ञा–प्रतिष्ठानको (ख)  श्रेणीको कलाकारका रुपमा प्रवेश गरेका थिए । तुलाधरले भारत, श्रीलङ्का, पाकिस्तान, अमेरिका, फ्रान्स, स्विट्जरल्याण्ड, स्पेन, जर्मनीलगायत देशमा नृत्य प्रस्तुति दिएका थिए । नृत्यसँगै अभिनयका क्षेत्रमा पनि उनको उत्तिकै दख्खल थियो । गीतिनाटक ‘मालती मङ्गले’, ‘फर्केर हेर्दा’ , ‘जब घाम लाग्छ’ , ‘नृत्यवाटिका’ , ‘कुमारी’, ‘चण्डालिका’,‘अन्नपूर्ण’, ‘सती वृन्दा’, ‘शिवपार्वती’ लगायत थुप्रै नाटकमा उनले अभिनय गरेका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

वि.सं.२०७६ जेठ १२ आइतवार १५:५२ मा प्रकाशित

Himalayan Life AD
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न...

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति...

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले 'नेपाल बहुसूचक सर्वेक्षण  २०८१/८२' को...

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने...