१२ जेठ, दाङ । मुटुको भल्भमा समस्या देखिएपछि दाङ देउखुरीका एक युवाले उपचारका लागी आर्थिक सहयोग गरिदिन सबैलाइ याचना गरेका छन् । दाङको गढवा गाउँपालिका धैरेनीमा घर भएका २१ बर्षिय बिशाल परियारले उपचारको लागि आर्थिक सहयोग गरिदिन मिडिया गुहारेका हुन् ।
लाउँ लाउँ र खाउँ खाउँको उमेरमा श्वासप्रश्वासका कारण उनलाइ हिँडडुल गर्न मात्र होइन बस्न र खान समेत अप्ठेरो भएको छ । समस्या बढ्दै गएपछि उनी मुटुको शल्यक्रियाका लागी काठमाडौंको वाँसबारी स्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएका छन् ।
एकाएक श्वास बढेर खाना चपाउन समेत नसकेपछि उनले एक सातादेखि खाना खान सकेका छैनन् । रकमको अभावले शल्यक्रियाको काम अगाडि बढ्न नसकेको बिशालका आफन्त बिनोद परियारले बताए ।
सरकारले मुटु रोगको उपचारमा एक लाख रुपैंयासम्म छुट दिने गरेको भएपनि शल्यक्रियाको लागी आबश्यक औषधी र अन्य सामान किन्दा ५० हजार भन्दा बढी खर्च लाग्ने र त्यती पैशाको जोहो गर्न आफूहरुलाइ निकै संकट परेको बिनोदले बताएका छन् ।
बिशालका दुइ दाजु पहिले नै परिवारवाट अलग भएर बसेको र वावुआमा बृद्ध अबस्थामा रहेको हुनाले उनको परिवारलाइ ५० हजार जुटाउन हम्मे हम्मे परेको छ । २१ बर्षका बिशाल मजदुरी गरेर कमाउन सक्ने उमेर भएपनी श्वास्थ्यका कारण थलिएर अस्पतालको बेडमा सुतिरहेका छन् । बेच्नका लागी उनीसँग ऐलानी जग्गामा बनाएको सानो खरले छाएको झुपडी बाहेक अरु कुनै जग्गा जमिन छैैन ।
मनकारी ब्यक्तिको सानो सहयोगले बिशालले नयाँ जीवन पाउनेछन् । भनिन्छ एकले थुकी सुकी सयले थुकी नदी ।
वि.सं.२०७६ जेठ १२ आइतवार १५:५० मा प्रकाशित




























