back

काठमाण्डौं विस्फोट अपडेट : दुईको मृत्यु, ६ घाइते

वि.सं.२०७६ जेठ १२ आइतवार

474 

shares

१२ जेठ, काठमाण्डौं । काठमाडौँको दुई स्थानमा भएको विस्फोटमा परी आज दुई जनाको मृत्यु भएको छ । उक्त विफोटमा अन्य छ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

“दुई ठाउँमा एक÷एक जनाको मृत्यु भएको पुष्टि भएको छ, अन्य छ जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ, अहिले उद्धारमै खटिएकाले घटनाको कारण यकिन भइसकेको छैन”, प्रवक्ता पोखरेलले भने, “मृतकको पहिचान खुलेको छैन ।”

सुकेधारा विस्फोटमा घाइते भएका पाँच जनालाई उपचारका लागि ओम अस्पतालमा लगिएको र घट्टेकुलोमा घाइते भएका एक जनालाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

साँझ करीब ५ बजेको आसपासमा काठमाडौँको सुकेधारास्थित ढलानी पुल र घट्टेकुलो नजीकै विस्फोट भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख शैलेश थापा क्षेत्रीले जानकारी दिए । सुकेधारामा एक सैलुन पछाडि विस्फोट भएको र घट्टेकुलोमा भने घरमा विस्फोट भएको प्रहरीले जनाएको छ । “विस्फोट भएको छ, के विस्फोट भनेर यकिन भएको छैन”, थापाले भने । अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । सुकेधारमा भने सिलिण्डर पड्किएको जानकारी आएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

वि.सं.२०७६ जेठ १२ आइतवार १७:५३ मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...