back

शैक्षिक प्रमाणपत्र धितो राखेर सहकारी संस्थाले दिन थाले युवालाई ऋण

वि.सं.२०७६ जेठ १२ आइतवार

426 

shares

सहकारीले शुरु गरेको युवा ऋण लगानी कार्यक्रमबारे जानकारी दिँदै अध्यक्ष शर्माले स्वरोजगार कोषसँग रु ५० लाख ऋण सम्झौता भएको र त्यसमध्ये पहिलो चरणमा रु २५ लाख वितरण गर्न शुरु गरिएको बताए ।

१२  जेठ । युवालाई स्वरोजगार बन्नका लागि दाङका एक सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको छ ।

बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने सरकारी नीति तथा कार्यक्रम अनुरुप घोराहीस्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्वरोजगार बन्नका लागि युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको हो ।

व्यवसाय गर्न चाहने युवाका लागि संस्थाले चार प्रतिशत ब्याजमा कर्जा लगानी शुरु गरेको हो । सहकारी संस्थाका अध्यक्ष बालचन्द्र शर्माले सरकारी कार्यक्रमअनुरुप नै सहकारीले युवाको शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन थालेको बताए ।

उनले शैक्षिक प्रमाणपत्र धितो राखेर एसइई पास गरेकालाई रु ५० हजार, कक्षा १२ उत्तीर्ण गरेकालाई रु एक लाख ५० हजार, स्नातक उत्तीर्ण गरेकालाई तीन लाख र स्नातकोत्तर उत्तीर्ण गरेकालाई रु पाँच लाखसम्म ऋण लगानी गर्न शुरु गरेको जानकारी दिए ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सहयोगमा व्यवसाय गर्न चाहने युवालाई ऋण दिन थालिएको संस्थाका अध्यक्ष शर्माले बताए । उनका अनुसार पहिलो चरणमा संस्थाले विनाधितो प्रतिव्यक्ति रु दुई लाख रकम दिन शुरु गरेको छ । बेरोजगार र देशमै बसेर केही गर्न चाहने युवाका लागि व्यवसायी बनाउन ऋण लगानी शुरु गरेको सहकारी संस्थाका अध्यक्ष शर्माले जानकारी दिए ।

सहकारीले शुरु गरेको युवा ऋण लगानी कार्यक्रमबारे जानकारी दिँदै अध्यक्ष शर्माले स्वरोजगार कोषसँग रु ५० लाख ऋण सम्झौता भएको र त्यसमध्ये पहिलो चरणमा रु २५ लाख वितरण गर्न शुरु गरिएको बताए ।

“दुई लाखसम्म लैजाने युवाले केही पनि धितो नराखेर ऋण दिन लागेका छौँ”, उनले भने, “यस वर्ष २५ जना युवालाई ऋण दिने तयारी गरेका छौँ, तीमध्ये १३ जनालाई आजबाटै ऋण दिन शुरु गरिनेछ, अरुलाई केही समय पछि दिने हो ।” दुई लाखले अपुग हुने युवालाई थप रकम आवश्यक परेमा शैक्षिक प्रमाणपत्र धितो राखिने उनले बताए ।
विनाकर्जा युवालाई ऋण दिने कार्यक्रम केही महीना अगाडि नै घोषणा गरिएको थियो । सोही घोषित कार्यक्रमअन्तर्गत ऋण लैजाने युवाको लगत पनि सङ्कलन भइसकेको हुँदा तत्काल कर्जा प्रवाह गरिने उनले बताए ।

स्वरोजगार कोषको व्यवस्थाअनुसार कोषको रकम कर्जाका रुपमा लैजानेले शुरुमा १० प्रतिशतका दरले नियमित रुपमा मासिक ब्याज बुझाई सबै ऋण चुक्ता गर्नुपर्ने हुन्छ । ब्याजसहितको ऋण चुक्ता भइसकेपछि उनीहरुले तिरेको ब्याजको छ प्रतिशत रकम फिर्ता पाउने व्यवस्था पनि गरिएको छ ।

स्वरोजगार कोषको कर्जा पाउनका लागि १८ देखि ५० वर्षसम्मको नेपाली नागरिक हुनुपर्ने, सहकारी संस्थाको कार्य क्षेत्रभित्र बसोबास गर्ने र व्यवसाय सञ्चालन गर्नुपर्ने, संस्थाको नियमानुसार सदस्यता लिई मासिकरुपमा अनिवार्य बचत गर्नुपर्ने जस्ता नियम लगाइएका छन् ।

यस्तै पुरानो शेयर सदस्यको हकमा निजको नाममा रहेको पुरानो ऋण चुक्ता गरेको हुनुपर्ने, आफूले गर्न चाहेको व्यवसायको व्यावसायिक परियोजना बनाई पेश गर्नुपर्ने, पारिवारिक सदस्यको सम्पूर्ण विवरण, पारिवारिक व्यवसायको प्रष्ट विवरण पेश गर्नुपर्ने लगायतका व्यवस्था गरिएको छ ।

ऋण लगिसकेपछि युवाले उक्त रकमबाट व्यवसाय शुरु गर्ने र व्यवसाय गर्न अपुग रकम उनीहरुले शैक्षिक प्रमाणपत्र धितो राखी लैजाने व्यवस्थासमेत गरिएको संस्थाले जनाएको छ ।

वि.सं.२०७६ जेठ १२ आइतवार १९:२१ मा प्रकाशित

Himalayan Life AD
फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६...