Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु, श्रीमानसहित दुई गम्भीर



२९ कात्तिक, रत्ननगर(चितवन) । चितवनको खैरहनीमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

आइतबार पूर्वी चितवनको खैरहनी नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा दुई मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए ।

घाइतेमध्ये मकवानपुर मनहरी–७ की ३० वर्षीय सागुनी पुलामीको उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवनको खैरहनीमा पूर्वतर्फ जाँदै गरेको ना ३५ प १८५१ नम्बरको मोटरसाइकललाई ना ३२ प ६३३० नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

सो घटनामा १८५१ नम्बरको मोटरसाइकलको पछाडि बसेकी सागुनी पुलामीको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनका श्रीमान् ३८ वर्षीय दिलबहादुर पुलामी र अर्को मोटरसाइकलका चालक चितवन खैरहनीका ५० वर्षीय भजना महतोको अहिले सोही कलेजमा उपचार भइरहेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा