back

कविता : सेन चन्द्रागिरी र म !

वि.सं.२०७६ जेठ १३ सोमवार

867 

shares

 

भन प्रिय सेन !
यो दोधार हो कि क्रान्ती हो ??
अलमल हो कि शान्ति हो ??
तिम्रो चन्द्रागिरी त,
छातिमा केबुलकार रोपेर,
अन्तै कतै रमाएको छ ।
हामी अबुझहरुलाइ गिज्याउँदै ,
तिम्रो लासमाथी ,
एउटा सम्झौताको गुलाब रोप्तै छ ।

प्रिय सेन !
तिमि कुटिकुटी मारियौ,
चन्द्रागिरीले टुलुटुलु हेर्यो,
र मैले लाज पचाए ।

तिम्रो चन्द्रागिरीमा केबुलकार दौडिएको छ !
अनि प्रतिबन्ध फुकुवा भएको छ ।
म पँुजीवाद जिन्दावाद भन्दै,
केबुलकार चढदै छु !
र तिम्रो नाममा एउटा प्रतिष्ठान दर्ता गर्दै छु ।
अलिकती नाफा मलाई नि चाहिएको छ ।
किनकी तिमि जस्तै,
बिद्रोहको गीत मैले नि गाएको थिए ।
ज्यानको बाजी मैले नि लाएको थिए ।

तिमिले थाहा पायौ ?
अहिले जेलका छिडिहरुमा,
नेलका कडिहरुमा,
चन्द्रागिरी पुकारिदैन ।
पसिना र रगतका ब्याजहरु !
बुरुक्क उफ्रिन्छ्न,
र एउटा अट्ठाहास गर्छन ।
क्रान्ती भयो ! क्रान्ती भयो !!

धन्न म बाचे र कपालभाती गर्न पाए !
प्रिय सेन !
अचेल जब म कपालभातिमा ,
समृद्ध नेपाल सुखी नेपालीको ,
मन्त्र उच्चारण गर्छु !
शान्ति सम्झौता भन्दा अघि जन्मेकी मेरि छोरी,
आँखा तर्दै मलाई हेर्छे र पर भाग्छे !
भर्खर जन्मेकी छोरी,
मुसुक्क हास्छे र मेरो छेउ आउछे !

भन प्रिय सेन !
यो दोधार हो कि क्रान्ती हो ??
अलमल हो कि शान्ति हो ??
तिम्रो चन्द्रागिरी त,
छातिमा केबुलकार रोपेर,
अन्तै कतै रमाएको छ ।
हामी अबुझहरुलाइ गिज्याउँदै ,
तिम्रो लासमाथी ,
एउटा सम्झौताको गुलाब रोप्तै छ ।
(कृष्ण सेन इच्छुकको सम्झनामा समर्पित )

वि.सं.२०७६ जेठ १३ सोमवार ०८:२६ मा प्रकाशित

Himalayan Life AD
गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

कविता : पराई भयो जो

कविता : पराई भयो जो

उत्तमकुमार पोखरेल सूर्यविनायक–३ , भक्तपुर प्रयोगी सबैको रतन्धो छ आँखा...

कविता : म आगो अब ओकल्छु

कविता : म आगो अब ओकल्छु

रामशरण न्यौपाने, भक्तपुर वीरताको कथा लेख्ने, छैन यौटा महारथी स्वर्थको...

कविता : आत्मगौरव

कविता : आत्मगौरव

सुशील रिजाल कीर्तिपुर, काठमाडौँ नसोध जिन्दगी तिमी कहाँ छ खासमा...

झिल्का कविता

झिल्का कविता

गुणनिधि घिमिरे पाँचथर, खान्द्रोङ्ग, हालः अमेरिका १. नाराबाजी साँझबिहान टर्दासम्म...

कविता : बन्ला र देश यसरी सब जङ्गिएमा

कविता : बन्ला र देश यसरी सब जङ्गिएमा

दीनानाथ पोख्रेल सुम्बेक, इलाम नपा–०२ , इलाम उल्टो हिँडेर कसरी...