back

विप्लव कामरेड ! आम जनता होइन, सत्तालाई आतंकित बनाउनुहोस्

वि.सं.२०७६ जेठ १३ सोमवार

528 

shares

विचारको स्वतन्त्रता सबैलाई छ । बलपूर्वक सत्ता कब्जा गर्न सकिन्छ भन्ने तपाईको मान्यता तपाइको स्वतन्त्रताको कुरा हो । तयारी गर्नुहोस् । त्यसमा नेपाली जनताले साथ दिन सकुन वा नसकुन विरोध पनि गर्ने छैनन् ।

पार्टीमाथी प्रतिवन्ध लगाएको कुराप्रति जनताको समर्थन सरकारले जुटाउन सकेको छैन । त्यसमाथी तपाईको कार्यकर्ताको इन्काउन्टर गर्नु घोर आपत्तिको विषय हो । त्यस्को विरोध जनस्तरबाट समेत भएकै हो ।

पछिल्लो पटक मात्र होइन, एनसेल प्रकरणमा समेत तपाईहरुका कारणबाट निर्दोष र निहथ्था सर्वसाधारणको ज्यान गयो । त्यसलाई कुन अर्थमा क्षम्य, उदाहरणीय र सराहनीय कार्य भन्न मिल्छ र कामरेड !

कम्युनिष्ट पार्टी लड्नुपर्ने सत्तासँग हो । जनतासंग होइन । यतिखेर प्राण गुमाउने विचराहरुलाई सुराकी र सत्ताका हिमायती भन्न पनि तपाईं स्वयमले सक्नु हुनेछैन । व्यर्थमा ज्यान गुमाउने सर्वसाधारणको ज्यान फिर्ता दिन मिल्ने कुरा भएन तर उनिहरुको मरणबाट परिवारजनको जीवनमा आइपर्ने जीविकाको समस्या समाधान गरिदिने कुरा सोच्नु भएको छ कि ? छैन भने तपाइको आततायी कर्मको औचित्य आम जनसाधारण समक्ष कसरी पुष्टि गर्नु हुन्छ ? !

लडाई सरकारसँग हो, प्रतिशोध लिनुपर्ने उसैसँग हो भने र मुख्य नेतृत्वसम्म पुग्ने क्षमता छैन भने पनि सरकारले तपाईको प्रतिकारमा खटाएका सुरक्षकर्मी सम्म तपाइको हिंसात्मक प्रतिकृयालाई सिमित राख्नुहोस् । जहातहीँ सार्वजनिक स्थलहरुमा विष्फोटक पदार्थको प्रयोग गरेर आम नेपालीलाई त्राहिमाम नबनाउनुहोस् ! व्यर्थैमा ज्यान गुमाउनुपर्ने दुर्भाग्य्पूर्ण नियतिबाट सर्वसाधारणलाई जोगाउनुहोस् ।

कम्युनिष्ट पार्टी लड्नुपर्ने सत्तासँग हो । जनतासंग होइन । यतिखेर प्राण गुमाउने विचराहरुलाई सुराकी र सत्ताका हिमायती भन्न पनि तपाईं स्वयमले सक्नु हुनेछैन । व्यर्थमा ज्यान गुमाउने सर्वसाधारणको ज्यान फिर्ता दिन मिल्ने कुरा भएन तर उनिहरुको मरणबाट परिवारजनको जीवनमा आइपर्ने जीविकाको समस्या समाधान गरिदिने कुरा सोच्नु भएको छ कि ?

आतंकित सत्तालाई बनाउने हो, आम जनतालाई होइन । जनतालाई आतंकित बनाएर समर्थन गर्न वाध्य बनाउनु अपराध हो । अपराध क्रान्तिकारीको पनि क्षम्य हुनसक्दैन । उपलब्धीपूर्ण पनि हुदैन ।

कृपया बन्द र विष्फोटनमा अस्तित्व खोज्ने नादानी नगर्नुहोस् । गन्तव्यमा पुग्ने बाटा अनेक हुन्छन । फरक बाटो हिड्न खोज्नेले गोरेटो आफैले बनाउनुपर्छ । बनिबनाउ बाटो चाहे महान लेनिनको होस् कि माओको होस् अथवा प्रचण्डको होस् त्यसले तपाइलाई कहीँ पनि पुर्याउने छैन ।

कृपया आफ्ना कदम त्यति परसम्म मात्र चलाउनु होस् जहाँबाट आवश्यक पर्दा पछि फर्कन सकियोस् ।

वि.सं.२०७६ जेठ १३ सोमवार ०८:४४ मा प्रकाशित

Himalayan Life AD