
१३ जेठ, काठमाडौँ । सरकारले राजश्व छल्ने एक सय ३४ व्यापारिक फर्म तथा कम्पनी विरुद्घ यो वर्ष पौने १९ अर्व रूपैयाँ बिगो दाबी गदृै मुद्दा दायर गरेको छ । राजश्व अनुसन्धान विभागका अनुसार आयकर छली गर्ने, नक्कली प्रज्ञापनपत्र बनाएर सामान आयात गरेर बिक्री गर्ने, हुन्डी कारोबारी, विदेशी विनिमय अपचलन गर्नेलगायत कम्पनी तथा व्यक्तिविरुद्घ मुद्दा दायर गरिएको छ ।
विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार राजश्व चुहावट, चोरी पैठारी, विदेशी मुद्रा तथा हुन्डी कसुरमा १८ अर्व ८३ करोड रूपैयाँ विगो तथा जरिवाना दाबी गरिएको छ । राजश्व चुहावटका ७७ कसुर र मुद्रा अपचलन तथा हुन्डी कारोबारका ५७ केसमा मुद्दा चलाएका छौ,’ मैनालीले भने, बिगो नरिवानासहित तीन सय १५ जनालाई तीन वर्ष कैद सजाय माग दावी गरिएको छ । ’विभागले राजश्व चुहावटका ७७ कसुरमा दुई सय १७ जना विरुद्घ १३ अर्व ७२ करोड रूपैयाँ विगो र जरिवाना दाबी गरेर मुद्दा गरेको छ । राजश्व छली र आर्थिक अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याएका छौं, मैनालीले भने , ‘ राजश्व चुहावट नियन्त्रण गर्न विभाग सक्रिय छ । ’
नागरिक दैनिक पत्रिकाबाट
वि.सं.२०७६ जेठ १३ सोमवार ०८:४७ मा प्रकाशित




























