back

इन्फिनिटी लघुवित्तको आईपिओ आजदेखि खुला

वि.सं.२०७६ जेठ १३ सोमवार

435 

shares

१३ जेठ, काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेड(Infinity Microfinance Bittiya Sanstha Ltd)ले आज जेठ १३ गतेदेखि साधारण शेयर(आईपिओ) बिक्रि खुला गरेको छ ।

गैडाकोट नगरपालिका वडा नं २ कालिगण्डकी चोक मुख्य कार्यालय रहेको कम्पनीले सर्वसाधारणलाई ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

जसमध्ये कम्पनीको कर्मचारीलाई १० हजार ३ सय ७० कित्ता र सामुहिक लगनी कोषको लागि ३३ हजार ७ सय कित्ता सुरक्षित गरिएको छ । बाँकि रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले जेठ १६ सम्म न्युनतम १० कित्ता र अधिकतम ३३ सय ७० कित्ता सम्मको लागि कम्पनीको आईपिओमा आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्रबोर्डबाट स्वीकृत प्राप्त गरेको सम्पूर्ण सी आश्वा सदस्य बैंक तथा वित्तिय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुमा दरखास्त बुझाउन सकिने छ भने मेरो शेयर अनलाइनबाट घरमै बसीबसी आईपिओमा आवेदन दिन सकिने छ । कम्पनीको बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

हाल १४ करोड चुक्ता पूँजी रहेको कम्पनीको उक्त शेयर निष्काशन पश्चात कम्पनी चूक्ता पूँजी २० करोड पुग्ने छ । संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने छ ।

वि.सं.२०७६ जेठ १३ सोमवार ०९:०८ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

काठमाडौँ । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । गत कार्तिक २३ गते नेपालको पहिलो बैंक नेपाल...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य

सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग दराज ११.११ योजनामा...

सिटिजन्स बैंक र एकता बुक्स बीच समझदारी

सिटिजन्स बैंक र एकता बुक्स बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली काठमाडौं स्थित...