back

म्यानमारको राखिनमा घमासान युद्ध

वि.सं.२०७३ कात्तिक २९ सोमवार

450 

shares
GLOBAL IME AD
NTC AD

२९ कात्तिक, याङ्गुन । पश्चिमी म्यानमारको राखिन राज्यमा सरकारी सेना र सशस्त्र विद्रोहीबीच घमासान युद्ध चलिरहेको त्यहाँको सरकारी निकायले जानकारी दिएको छ ।

बङ्गलादेशसँग सीमा जोडिएको राखिन राज्यको एउटा सीमा सुरक्षा चौकीमा गत महिना, सशस्त्र विद्रोहीले एक्कासी आक्रमण गर्दा नौजना प्रहरी अधिकारी ठहरै भएका थिए । यस घटनापश्चात् हाल, राष्ट्रिय प्रहरी बललाई सहायता गर्दै सरकारी सेनाले बिभिन्न स्थानमा सशस्त्र विद्रोहीविरुद्ध सैनिक कारबाही चलाइरहेको छ ।

म्यानमारको गृह मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी गत शनिबार बिहानै बन्दुक, भाला र छुरी बोकेर आएका करिब ६० जना विद्रोहीले सुरक्षाकर्मीको एउटा टुकडीलाई एम्बुसमा पारी आक्रमण गरेका थिए ।

सो आक्रमणमा परी, सेनातर्फ एकजनाको र विद्रोहीतर्फ कम्तीमा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । सोही दिन, अर्को स्थानमा करिब पाँचसय जना सशस्त्र विद्रोहीसँग भएको युद्धमा एकजना सैनिकले ज्यान गुमाउनु परेको थियो ।

त्यस बखत हवाइ सेनाको दुईवटा हेलिकोप्टर नआइपुगेको भए सरकारी सेनाले ठूलो क्षति बेहोर्नु पर्ने थियो । आक्रमणकारीहरूको स्पष्ट पहिचान खुल्न नसके ता पनि सैनिक सूत्रले राखिन राज्यका रोहिङ्ग्या मुसलमान विद्रोही हुनसक्ने आशङ्का गरेको छ ।

अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमान समुदाय र राखिनका बौद्ध धर्मावलम्बी समुदायबीच सन् २०१२ देखि जातीय द्वन्द्व शुरु भएको थियो ।

आदिवासी अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमान समुदायलाई सरकारले भेदभाव र बेवास्ता गरेका कारण सामाजिक विद्वेष फैलन गएको परिणामस्वरूप जातीय द्वन्द्व उत्पन्न भएर यस स्थितिमा पुगेको भनी म्यानमारका मानव अधिकारकर्मीहरू भने सरकारलाई आरोप लगाउँछन् । एपी

वि.सं.२०७३ कात्तिक २९ सोमवार ०४:०२ मा प्रकाशित

पोप फ्रान्सिसको निधन : भ्याटिकन

पोप फ्रान्सिसको निधन : भ्याटिकन

भ्याटिकन सिटी । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन...

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

किएभ । मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको...

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बेइजिङ । चीनको कुल विद्युत् उत्पादन क्षमता चालु वर्षको सन्...

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

न्युयोर्क । हजारौँ प्रदर्शनकारीले शनिबार न्यूयोर्क, वासिङ्टन र संयुक्त राज्य...

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

किएभ ।  किएभले शुक्रबार रुससँगको युद्धमा मारिएका सयौँ युक्रेनी सैनिकको...

सन् २०२५ चीनको अन्तरिक्ष  अभियान : के तयारी गर्दैछ चीन ?

सन् २०२५ चीनको अन्तरिक्ष  अभियान : के तयारी गर्दैछ चीन ?

बेइजिङ  । चीनले सन् २०२५ मा धेरै महत्वपूर्ण अन्तरिक्ष अभियानहरू...