back

म्यानमारको राखिनमा घमासान युद्ध

वि.सं.२०७३ कात्तिक २९ सोमवार

663 

shares

२९ कात्तिक, याङ्गुन । पश्चिमी म्यानमारको राखिन राज्यमा सरकारी सेना र सशस्त्र विद्रोहीबीच घमासान युद्ध चलिरहेको त्यहाँको सरकारी निकायले जानकारी दिएको छ ।

बङ्गलादेशसँग सीमा जोडिएको राखिन राज्यको एउटा सीमा सुरक्षा चौकीमा गत महिना, सशस्त्र विद्रोहीले एक्कासी आक्रमण गर्दा नौजना प्रहरी अधिकारी ठहरै भएका थिए । यस घटनापश्चात् हाल, राष्ट्रिय प्रहरी बललाई सहायता गर्दै सरकारी सेनाले बिभिन्न स्थानमा सशस्त्र विद्रोहीविरुद्ध सैनिक कारबाही चलाइरहेको छ ।

म्यानमारको गृह मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी गत शनिबार बिहानै बन्दुक, भाला र छुरी बोकेर आएका करिब ६० जना विद्रोहीले सुरक्षाकर्मीको एउटा टुकडीलाई एम्बुसमा पारी आक्रमण गरेका थिए ।

सो आक्रमणमा परी, सेनातर्फ एकजनाको र विद्रोहीतर्फ कम्तीमा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । सोही दिन, अर्को स्थानमा करिब पाँचसय जना सशस्त्र विद्रोहीसँग भएको युद्धमा एकजना सैनिकले ज्यान गुमाउनु परेको थियो ।

त्यस बखत हवाइ सेनाको दुईवटा हेलिकोप्टर नआइपुगेको भए सरकारी सेनाले ठूलो क्षति बेहोर्नु पर्ने थियो । आक्रमणकारीहरूको स्पष्ट पहिचान खुल्न नसके ता पनि सैनिक सूत्रले राखिन राज्यका रोहिङ्ग्या मुसलमान विद्रोही हुनसक्ने आशङ्का गरेको छ ।

अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमान समुदाय र राखिनका बौद्ध धर्मावलम्बी समुदायबीच सन् २०१२ देखि जातीय द्वन्द्व शुरु भएको थियो ।

आदिवासी अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमान समुदायलाई सरकारले भेदभाव र बेवास्ता गरेका कारण सामाजिक विद्वेष फैलन गएको परिणामस्वरूप जातीय द्वन्द्व उत्पन्न भएर यस स्थितिमा पुगेको भनी म्यानमारका मानव अधिकारकर्मीहरू भने सरकारलाई आरोप लगाउँछन् । एपी

वि.सं.२०७३ कात्तिक २९ सोमवार ०४:०२ मा प्रकाशित

Himalayan Life AD
अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी अदालतमा सोमबार पेश...

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

https://www.youtube.com/watch?v=-wIXtgOFQGM   गत शुक्रबार मध्यरातमा ल्याटिन अमेरिकी देश भेनेजुएलामा छापामार...

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

सियोल । उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको...

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

कोपनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय...

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

मेक्सिको सिटी । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको...