back
CTIZAN AD

बङ्गलादेशमा देशभरी विरोध प्रदर्शन हुने

वि.सं.२०७३ कात्तिक २९ सोमवार

861 

shares

२९ कात्तिक, ढाका । बङ्गलादेशको सबैभन्दा ठूलो विपक्षी दलले देशभरी सोमबार विरोध प्रदर्शनको आयोजना गर्ने भएको जनाएको छ ।

यस महिनाको सुरुतिर, पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको दल बङ्गलादेश नेसनल पार्टी (बीएनपी) ले ढाकाको एक चल्तीको हरित पार्क “सुहरावर्ती उद्यान” मा ¥याली र आमसभाको आयोजना गर्न स्वीकृति पाउनका लागि ढाका महानगरीय प्रहरी प्रशासनसमक्ष अनुरोध गरेको थियो ।

उक्त अनुरोध अस्वीकार गरिएको विरोधमा देशभरी प्रदर्शनको आयोजना गरिएको बीएनपी कार्यालयका महासचिव मिर्जा फाकरुल इस्लाम आलमगिरले आइतबार आयोजित एक पत्रकार सम्मेलनमा बताए ।

“सत्तारुढ दल हामीदेखि डराएको छ, उसैको इसारामा ढाका महानगरीय प्रहरीले सार्वजनिक स्थलमा पनि हाम्रो पार्टीको जुलुस र आमसभा गर्न दिएन” बीएनपी महासचिव मिर्जाको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री खालिदा जियाको दल बीएनपीको नेतृत्वमा विपक्षी गठबन्धनले वर्तमान सरकारको राजीनामा, एक अन्तरिम चुनावी सरकारको गठन र ताजा आमनिर्वाचनको माग राख्दै धेरै महिना अघिदेखि व्यापक विरोध प्रदर्शन गर्दै आइरहेको छ । सिन्ह्वा

वि.सं.२०७३ कात्तिक २९ सोमवार ०४:०३ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...