back

बङ्गलादेशमा देशभरी विरोध प्रदर्शन हुने

वि.सं.२०७३ कात्तिक २९ सोमवार

201 

shares
NTC AD
Global IME AD

२९ कात्तिक, ढाका । बङ्गलादेशको सबैभन्दा ठूलो विपक्षी दलले देशभरी सोमबार विरोध प्रदर्शनको आयोजना गर्ने भएको जनाएको छ ।

यस महिनाको सुरुतिर, पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको दल बङ्गलादेश नेसनल पार्टी (बीएनपी) ले ढाकाको एक चल्तीको हरित पार्क “सुहरावर्ती उद्यान” मा ¥याली र आमसभाको आयोजना गर्न स्वीकृति पाउनका लागि ढाका महानगरीय प्रहरी प्रशासनसमक्ष अनुरोध गरेको थियो ।

उक्त अनुरोध अस्वीकार गरिएको विरोधमा देशभरी प्रदर्शनको आयोजना गरिएको बीएनपी कार्यालयका महासचिव मिर्जा फाकरुल इस्लाम आलमगिरले आइतबार आयोजित एक पत्रकार सम्मेलनमा बताए ।

“सत्तारुढ दल हामीदेखि डराएको छ, उसैको इसारामा ढाका महानगरीय प्रहरीले सार्वजनिक स्थलमा पनि हाम्रो पार्टीको जुलुस र आमसभा गर्न दिएन” बीएनपी महासचिव मिर्जाको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री खालिदा जियाको दल बीएनपीको नेतृत्वमा विपक्षी गठबन्धनले वर्तमान सरकारको राजीनामा, एक अन्तरिम चुनावी सरकारको गठन र ताजा आमनिर्वाचनको माग राख्दै धेरै महिना अघिदेखि व्यापक विरोध प्रदर्शन गर्दै आइरहेको छ । सिन्ह्वा

वि.सं.२०७३ कात्तिक २९ सोमवार ०४:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’...

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

  वासिङ्टन । अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल...

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

बेइजिङ । चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सँग...

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

सियोल । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम...

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

अबुजा (नाइजेरिया) । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा यसै महिनाको शुरुमा बन्दुकधारीले...