back

कृष्णसेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार थापालाई प्रदान

वि.सं.२०७६ जेठ १३ सोमवार

456 

shares

१३ जेठ, काठमाडौँ । यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ सूर्य थापालाई प्रदान गरिएको छ । पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७औँ स्मृति दिवसका अवसरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थापालाई पुरस्कार प्रदान गरेका हुन् । रु ५० हजार राशिको उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आइरहेको छ । बुधबारका पूर्वसम्पादकसमेत रहेका थापाले कृष्णसेन ‘इच्छुक’ ले देखाएको बाटोमा लाग्नुपर्ने बताए ।

सोही अवसरमा थापाले कृष्णसेन ‘इच्छुक’ पढेको प्यूठानको सराङकोटस्थित भूमि विकास आधारभूत विद्यालयलाई पुरस्कारबाट प्राप्त गरेको रकममध्ये १० हजार र आफ्नो व्यक्तिगत १५ हजार रुपैयाँ गरी रु २५ हजारको अक्षयकोष स्थापना गरेको घोषणा पनि गरे । उक्त कोषबाट वर्षेनी गरीब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने थापाले जानकारी गराए । विसं २०६३ बाट हरेक वर्ष कृष्णसेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार प्रदान गरिँदै आइरहेको छ ।

विसं २०५९ जेठ १३ गते प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्णसेन ‘इच्छुक’को हत्या भएको थियो । विसं २०१३ कात्तिकमा भारतको देहरादूनमा जन्मिएका इच्छुक जनादेश साप्ताहिकको सम्पादक रहेका थिए ।

यस्तैगरी सोही अवसरमा ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ चन्द्रमान श्रेष्ठलाई प्रदान गरिएको छ । उक्त पुरस्कार रु २५ हजार राशिको रहेको छ । दुवै पुरस्कार बलराम थापाको संयोजकत्वमा गठित सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रदान गरिएको हो । सिफारिस समितिका अन्य सदस्यमा सइन्द्र राई, देविका घर्तीमगर, मनोज घर्तीमगर र टेकराज थामी रहेका थिए ।

वि.सं.२०७६ जेठ १३ सोमवार १२:१४ मा प्रकाशित

Himalayan Life AD
आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सबै राजनीतिक दलहरुलाई सिंहदरबार...

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

जनकपुरधाम । सिरहामा डाँका समूहको गोली प्रहारबाट दुई जना गम्भीर...

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

भक्तपुर । यहाँस्थित डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...