जेठ १०, काठमाण्डौं । सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ एकैचोटी ४ वटा शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ ।
बैंकले रुपन्देहीको मायादेवी गाँउपालिका ५, पर्साहवा र ओमसतिया गाँउपालिका ६, मझौली, यसैगरी महोत्तरीको बर्दिवास नगरपालिका ११, खयरमारा र सिराहाको लक्ष्मीपुर पतारी गाँउपालिका १, रामपुर बजारमा शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ ।
पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यो सँगसँगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या ३३ पुगेको छ । बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई शाखारहित बैंकिङ्ग सेवामार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको छ ।
वि.सं.२०७६ जेठ १३ सोमवार १२:३२ मा प्रकाशित




























