back

कोलम्बियामा शान्ति स्थापनाको आसा पलायो

वि.सं.२०७३ कात्तिक २९ सोमवार

510 

shares
IME Limited
NTC AD

२९ कात्तिक, हवाना । कोलम्बियाका विद्रोही र सरकारबीच शनिबार नयाँ शान्ति सम्झौता भएपछि शान्ति स्थापनाका लागि नयाँ आसा पलाएको छ ।

सरकार र विद्रोही समूह, रिभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (एफएआरसी) बीच शनिबार कोलम्बियामा शान्ति स्थापनाका लागि भन्दै अर्काे पटक शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सरकार र सो समूहबीच गत महिना नै शान्ति सम्झौता भएको थियो । सो सम्झौताबमोजिम आजसम्म वार्ता र थप नयाँ सहमति हुन सकेको छैन । तर पछिल्लो पटक सरकारी प्रतिनिधि र विद्रोहीका तर्फबाट क्युबाको राजधानी हवानामा कैयौँ दिनको प्रयासपछि उक्त सम्झौता भएको हो ।

गत महिना सम्झौता भएकोमा त्यसको पालना हुन सकेको थिएन । उक्त सम्झौता विद्रोहीका पक्षमा भएको र उनीहरूलाई विगत दशकौँसम्मको हिंसाको उन्मुक्ति दिएको भन्दै विरोध भएको थियो ।

विरोधपछि सरकारले गरेको जनमतमा पनि उक्त सम्झौता अनुमोदन हुन सकेको थिएन । त्यसैकारण पनि अर्काे शान्ति सम्झौता गर्नु परेको हो ।

यस सम्झौतापछि कोलम्बियामा बिगत करिब ५० वर्षदेखि जारी रहेको भनिएको हिंसाको अन्त्य हुने अपेक्षा गरिएको छ ।

यस हिंसामा परी हजारौँको ज्यान गएको छ । यस विद्रोहलाई संसारको लामो हिंसात्मक विद्रोहको रूपमा पनि लिने गरिन्छ ।

यो पछिल्लो सम्झौताको मध्यस्थता क्युबा र नर्वेले गरेका थिए । यी दुई देशको मध्यस्थतामा कोलम्बियाको सरकारी र विद्रोहीका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

यस सम्झौतालाई अन्तिम सम्झौताको नाम दिइएकोले यसबाट कोलम्बियामा शान्ति स्थापना हुने अपेक्षा गरिएको छ ।

सरकारी र विद्रोहीका प्रतिनिधिले पनि यस सम्झौता कोलम्बियामा शान्तिको स्थापना र प्रजातान्त्रीकरणको लागि एक बलियो दस्तावेज भएको प्रतिक्रिया दिएका छन् । सिन्ह्वा

वि.सं.२०७३ कात्तिक २९ सोमवार ०४:०४ मा प्रकाशित

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोकियो । टोयोटा मोटर कम्पनीले सन् २०२५ मे महिनामा विश्वभर...

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल । पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै...

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

याङ्गुन । म्यान्मारको जुन्टा प्रमुखले आगामी डिसेम्बर र जनवरीमा निर्वाचन...