back
CTIZAN AD

कोलम्बियामा शान्ति स्थापनाको आसा पलायो

वि.सं.२०७३ कात्तिक २९ सोमवार

792 

shares

२९ कात्तिक, हवाना । कोलम्बियाका विद्रोही र सरकारबीच शनिबार नयाँ शान्ति सम्झौता भएपछि शान्ति स्थापनाका लागि नयाँ आसा पलाएको छ ।

सरकार र विद्रोही समूह, रिभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (एफएआरसी) बीच शनिबार कोलम्बियामा शान्ति स्थापनाका लागि भन्दै अर्काे पटक शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सरकार र सो समूहबीच गत महिना नै शान्ति सम्झौता भएको थियो । सो सम्झौताबमोजिम आजसम्म वार्ता र थप नयाँ सहमति हुन सकेको छैन । तर पछिल्लो पटक सरकारी प्रतिनिधि र विद्रोहीका तर्फबाट क्युबाको राजधानी हवानामा कैयौँ दिनको प्रयासपछि उक्त सम्झौता भएको हो ।

गत महिना सम्झौता भएकोमा त्यसको पालना हुन सकेको थिएन । उक्त सम्झौता विद्रोहीका पक्षमा भएको र उनीहरूलाई विगत दशकौँसम्मको हिंसाको उन्मुक्ति दिएको भन्दै विरोध भएको थियो ।

विरोधपछि सरकारले गरेको जनमतमा पनि उक्त सम्झौता अनुमोदन हुन सकेको थिएन । त्यसैकारण पनि अर्काे शान्ति सम्झौता गर्नु परेको हो ।

यस सम्झौतापछि कोलम्बियामा बिगत करिब ५० वर्षदेखि जारी रहेको भनिएको हिंसाको अन्त्य हुने अपेक्षा गरिएको छ ।

यस हिंसामा परी हजारौँको ज्यान गएको छ । यस विद्रोहलाई संसारको लामो हिंसात्मक विद्रोहको रूपमा पनि लिने गरिन्छ ।

यो पछिल्लो सम्झौताको मध्यस्थता क्युबा र नर्वेले गरेका थिए । यी दुई देशको मध्यस्थतामा कोलम्बियाको सरकारी र विद्रोहीका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

यस सम्झौतालाई अन्तिम सम्झौताको नाम दिइएकोले यसबाट कोलम्बियामा शान्ति स्थापना हुने अपेक्षा गरिएको छ ।

सरकारी र विद्रोहीका प्रतिनिधिले पनि यस सम्झौता कोलम्बियामा शान्तिको स्थापना र प्रजातान्त्रीकरणको लागि एक बलियो दस्तावेज भएको प्रतिक्रिया दिएका छन् । सिन्ह्वा

वि.सं.२०७३ कात्तिक २९ सोमवार ०४:०४ मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...