
प्रकृतिको नियमनै हो कहिले मिलन कहिले विछोड अनि कहिले दुःख त कहिले सुख । यी सबै अवस्थामा सम्हालिएर हिड्नुनै जीवनको सफलता या जिन्दगीको अर्को नाम मानिन्छ । तर, कहिलेकाँही अचानक सुन्नु परेको र आफैले बेर्होनु परेको कुनै दुःखद क्षणले भने मानिसलाई गहिरो चिन्तामा पारिदिन्छ ।
यस्तो अवस्थामा कतिपय मानिसहरु आफूलाई सम्हाल्न सक्तैनन् । जीवनमा निराशा नै निराशा छाउछ । उनीहरुलाई अबको जिन्दगी के भन्ने सोच्न बाध्य समेत बनाउँछ । यस्तो अवस्थामा आफूलाई सम्हाल्न सहज पनि हुँदैन । आउनुहोस् जानौ यस्ता केही कुरा जसले दुःखका बेला कुनैपनि परिस्थितिमा तपाईँलाइ बाँच्न सिकाउँछ ।
जीवनमा नराम्रो खबरबाट बच्ने कुनै तरिका छैन । जीवनमा सबैमा यस्तो स्थिति धेरैपटक आइपर्छ । जब तपाई यस्तो खबर सुन्नुहुन्छ त्यतिबेला तपाईलाई दुःख लाग्छ । यस्तो समयमा धेरैपटक निराशा, आक्रोश, तनाव, डिप्रेशन, चिन्ता आदि एकैपटक व्यक्तिमा हावि हुन्छ । यस्तो अवस्थामा व्यक्ति रुन थाल्छ । यसले व्यक्तिलाई गहिरो दुःखमा पुर्याउने तथा व्यक्तिको मस्तिष्कमा विभिन्न प्रकारका हर्मोन्स उत्पन्न हुने र व्यक्ति आफ्नो भावनालाई नियन्त्रण गर्न नसक्ने अवस्थामा पुग्छ ।
दुःखका बेला धेरै व्यक्तिको हृदयको गति बढ्ने हुनाले शरीरमा अक्सिजनको कमी हुन थाल्छ । त्यसकारण हृदयको गति नरोकियोस् भन्नका लागि गहिरो सास लिनुहोस् । सबैभन्दा जरुरी यो छ कि, यस्तो अवस्थामा तपाई छिटो-छिटो गहिरो सास लिनुहोस् । यसले तपाइको मुटुमा प्रयाप्त अक्सिजन पुग्न सकोस् । अक्सिजनको कमिले पनि धेरैपटक हृदयघात हुने सम्भावना हुन्छ ।
दुःखका बेला नकारात्मक भावना आउनु स्वभाविक हो । यस्तो समयमा शरीरको बिज्ञान अलग तरिकाले कामगर्न थाल्छ । गहिरो दुःखका बेला तपाईमा आएको नकारात्मक भावना आँसु या आक्रोसका माध्यमबाट बाहिर निस्कीयो भने अत्यन्तै राम्रो हुन्छ । यदि यस्तो भएन भने व्यक्तिलाई यसले गहिरो डिप्रेसनमा पनि लैजान सक्छ ।
यस्तो अवस्थामा नजिकका आफन्तसँग कुराकानी गर्नुहोस् । दुःखका बेला आफन्त या साथीभाइको सहानुभुति हाम्रो लागि आवस्यक हुन्छ । सान्त्वनाले हामीलाई दुःखका बेला हिम्मतका साथ अगाडि बढ्न सिकाउँछ । यसकारण तपाई गहिरो दुःखमा पर्दा आफ्नो नजिकका साथीलाई फोन गर्नुहोस् । भेट्न जानुहोस् । उनले तपाईलाई दिएको सान्त्वनाले तपाईको दुःख कम गर्नुका साथै मन हल्का बनाउँछ ।
वि.सं.२०७६ जेठ १३ सोमवार १३:०९ मा प्रकाशित




























